2 years ago
October 25, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह बि को खेलमा गएराति आर्सनलले जित हासिल गरेको छ ।

आर्सनलले स्पेनिस क्लब सेभिल्ला माथि २-१ को जित निकालेको हो । आर्सनलको जितमा ब्राजिलियन गेब्रियल मार्टिनेली र गेब्रियल जिससले एक एक गोल गरेका हुन् ।
आर्सनलले खेलमा अग्रता लिन पहिलो हाफको अन्तिम समयसम्म कुर्नुपरेको थियो । काउन्टर अट्याकमा जिससकै पासमा मार्टिनेलीले वान-भर्सेस-वान अवसरमा गोल गरेका थिए ।
यस्तै दोस्रो हाफको आठौं मिनेटमा जिससले अग्रता दोब्बर बनाए । डेकलन राइसको पास लिँदै जिससले सानदार गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
५८औं मिनेटमा सेभिल्लाका ओस्कार गुडेल्जले गोल गर्दै आर्सनलको अग्रता घटाएका थिए । तर अन्तिममा आर्सनलले जित दर्ता गर्न सफल भयो ।
सोही समूहमा गएराति नै फ्रेंच क्लब लेन्स र डच क्लब पिएसभी आइन्डहोभनले १-१ बराबरी खेलेका छन् ।
यस समूहमा आर्सनल तीन खेलमा दुई जित र एक हारका साथ ६ अंक सहित पहिलो स्थानमा रहँदा लेन्स एक जित र दुई हार बेहोर्दै ५ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो र चौथो स्थानमा रहेका सेभिल्ला र आइन्डहोभनको क्रमश २-२ अंक रहेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]