2 years ago
October 25, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बेलुका भएको खेलमा इन्टर मिलानले आरबी साल्जबर्गलाई पराजित गरेको छ।

घरेलु मैदान स्यान सिरोमा भएको खेलमा इन्टरले २-१ जित हासिल गरेको हो। इन्टरको जितमा एलेक्सिस सान्चेज र हाकान चाल्हानोग्लुले १-१ गोल गरे।
खेलमा अग्रता पनि इन्टरके नै लिएको थियो। यसै सिजन क्लबमा फर्केका एलेक्सिस सान्चेजले १९औं मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। उनले डाभिडे फ्राटेसीको पासमा गोल गर्दै खेलमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
साल्जबर्ग ५७औं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्कियो। माउरिट्स केयरगार्डको राम्रो पासमा ओस्कार ग्लुखले संयम फिनिस गर्दै खेलमा बराबरी गरेका थिए।
तर इन्टरले ६ मिनेट पछि नै खेलमा पुनः अग्रता लियो। फ्राटेसीलाई बक्समा मिडफिल्डर लुकस गुर्ना-डूवाथले लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हाकान चाल्हानोग्लुले कुनै गल्ती नगरी गोल गर्न सफल भए। अन्त्यमा सोही गोल जितका लागि पर्याप्त भयो।
जितपछि ३ खेलमा २ जित र १ बराबरी गरी ७ अंक सहित इन्टर समूह ‘डी’ को दोस्रो स्थानमा छ भने पराजित साल्जबर्गको ३ अंक रहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]