default_image

1 month ago

October 26, 2023

बार्सिलोनाको च्याम्पियन्स लिगमा तेस्रो जित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एच अन्तर्गतको खेलमा बार्सिलनाले जित हासिल गरेको छ । समूह चरणको तेस्रो जित निकाल्ने क्रममा शख्तार डोनेस्कलाई २-१ ले हराएको हो । बार्सिलोनाको जितमा फेरान टोरस र फर्मिन लोपेजले गोल गरे । खेलको अन्त्यतिर शाख्तरले खेलमा फर्कन खोजेपनि अन्त्यमा बार्सिलोनाले जित निकालेको हो । सुरुवाती समयका भने बार्सिलोनाकै […]

614 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह एच अन्तर्गतको खेलमा बार्सिलनाले जित हासिल गरेको छ । समूह चरणको तेस्रो जित निकाल्ने क्रममा शख्तार डोनेस्कलाई २-१ ले हराएको हो ।

बार्सिलोनाको जितमा फेरान टोरस र फर्मिन लोपेजले गोल गरे । खेलको अन्त्यतिर शाख्तरले खेलमा फर्कन खोजेपनि अन्त्यमा बार्सिलोनाले जित निकालेको हो । सुरुवाती समयका भने बार्सिलोनाकै प्रभुत्व रहेको थियो ।

खेलको आठौं मिनेटमा फर्मिन लोपेजले दुई डिफेन्डरलाई छक्काउँदै गरेको प्रहार शाख्तरका गोलरक्षक रिजनिकले राम्रो बचाउ गरे । २५औं मिनेटमा जोआओ क्यान्सेलोको प्रहारमा पनि रिजनिक बाधक बने ।

त्यसको तीन मिनेट पछि भने रिजनिकले गोल बचाउन सकेनन् । गुन्डोगानले दिएको पासमा फर्मिनको प्रहार पोस्टमा लागेर फर्किएपछि फेरान टोरसले गोल गर्दै अग्रता दिलाए । सुरुवातमा रेफ्रीले अफसाइड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीले रेफ्रीको निर्णय उल्ट्याइदिए ।

३६औं मिनेटमा भने फर्मिनले आफैं गोल गर्न सफल भए । यसपटक भने उनलाई फेरानले असिस्ट दिए । फेरानको पासमा बक्सको छेउबाट फर्मिनले सटिक प्रहार गर्दै अग्रता दोब्बर बनाए ।

६२औं मिनेटमा शाख्तरले एक गोल फर्कायो। इराक्ली अजारोभिको पासमा जर्जिय सुडाकोभले काउन्टर अट्याकमा गोल गर्दै बार्सिलोनाको अग्रता घटाए ।

६९औं मिनेटमा फर्मिन लोपेजले बक्स बाहिर बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । ७०औं मिनेटमा मार्कोस अलोन्सोको क्रसमा फर्मिनले पुनः बललाई जालि चुमाएपनी अफसाइड बसेपछि गोल मान्य भएन ।

७९औं मिनेटमा शाख्तरका स्टेपनेन्कोको प्रहारले बार्सा गोलरक्षक टर स्टेगनलाई केही दुःख दिएन । ८३औं मिनेटमा स्टेपनेन्कोको अर्को प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन । शाख्तरले खेलमा बराबरी गर्ने निकै मौकाको फाइदा उठाउन नसक्दा बार्सिलोना विजयी भयो ।

समूहमा ३ खेलमा ९ अंक सहित बार्सिलोना पहिलो स्थानमा छ। पराजित शाख्तर ३ खेलमा १ जित र २ हार सहित तेस्रो स्थानमा छ ।

November 29, 2023

ललितपुरलाई पोखराको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत बुधबारको खेलमा ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरेका थिए । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीले राम्रो प्रदर्शन गरेका […]

November 29, 2023

पिएसजी न्युकासलसँग हारबाट जोगियो

एजेन्सी – अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ । पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो । खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग […]

November 29, 2023

बार्सिलोना तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे । सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग […]

Success

Thank you for your time.