default_image

2 years ago

October 26, 2023

म्यानचेस्टर सिटीको सहज जित

664 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।

समूह जि मा लगातार तेस्रो जित निकाल्ने क्रममा सिटीले योङ्ग ब्वाइजलाई ३-१ ले पराजित गरेको हो । सिटीको जितमा एर्लिंग हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरे ।

सिटीले सुरुवाती अग्रता दोस्रो हाफको सुरुवाती समयमा लिएको थियो । रुबेन डियासको हेडर पोस्टमा लागेर फर्किएपछि आकान्जीले बललाई जालिको दिशा देखाउँदै खेलमा सिटीलाई अग्रता दिलाएका थिए ।

त्यसको चार मिनेट पछि योङ्ग ब्वाइजले खेलमा बराबरी गोल गर्यो । मेससाक एलियाले सुन्दर फिनिश गर्दै खेलमा बराबरी गरेका थिए । त्यसपछि सिटीले दुई गोल थप्दै खेलमा तीन अंक हासिल गर्यो ।

६७औं मिनेटमा हालान्डले पेनाल्टी मार्फत खेलमा सिटीलाई पुनः अग्रता दिलाए । रोड्री बक्समा लडेपछि पाएको पेनाल्टीमा हालान्डले कुनै गल्ती गरेनन् । ८६औं मिनेटमा हालान्डले अर्को गोल गर्दै जित सुनिश्चित गरे । उनले रोड्रीकै पासमा गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए ।

यस्तै सोही समूहमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई ३-१ ले हराउदै तीन अंक बटुलेको छ ।

समूह जि मा शीर्ष स्थानमा रहेको सिटीको ९ अंक रहँदा ६ अंक सहित लाइपजिग दोस्रो स्थानमा छ । बेलग्रेड र योङ्ग ब्वाइज समान १-१ अंक सहित क्रमसः दोस्रो र तेस्रो छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.