default_image

1 month ago

October 28, 2023

टोटेनहमलाई शीर्षस्थानमा ५ अंकको अग्रता

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिगको शीर्ष स्थानमा रहेको टोटेनहम हटस्परले जित हासिल गरेको छ । टोटनहमले क्रिस्टल प्यालेसमाथि २-१ जित निकालेको हो । प्यालेसको मैदान सेलहर्स्ट पार्कमा टोटनहमका लागि सन ह्यूङ-मिनले एक गोल गरे भने एक गोल आत्मघाती गोल रहेको थियो । शीर्षस्थानमा १०औं चरणको खेल सुरु गरेको टोटनहमले ५३औं […]

1776 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिगको शीर्ष स्थानमा रहेको टोटेनहम हटस्परले जित हासिल गरेको छ ।

टोटनहमले क्रिस्टल प्यालेसमाथि २-१ जित निकालेको हो । प्यालेसको मैदान सेलहर्स्ट पार्कमा टोटनहमका लागि सन ह्यूङ-मिनले एक गोल गरे भने एक गोल आत्मघाती गोल रहेको थियो ।

शीर्षस्थानमा १०औं चरणको खेल सुरु गरेको टोटनहमले ५३औं मिनेटमा खेलमा अग्रता लिएको थियो । जेम्स म्याडिसनको क्रस रोक्ने प्रय्समा क्रिस्टल प्यालेसका जोएल वार्डले बललाई आफ्नै पोस्टतर्फ फर्काएका थिए ।

६६औं मिनेटमा टोटनहमले अग्रता दोब्बर बनायो । यस सिजनको लिगमा आठौं गोल गर्ने क्रममा सनले ब्रेनन जोन्सनको पासलाई जालिको दिशा देखाएका थिए ।

खेल्नको अन्तिम तिर क्रिस्टल प्यालेसले एक गोल फर्काएको थियो । आन्द्रे आयुले थपिएको समयको चौथो मिनेटमा फर्काएको गोलपछि पनि प्यालेसले अवसरहरू सृजना गरेको थियो । तर अन्त्यमा प्यालेसले खेलबाट कुनै अंक हासिल गर्न सकेन ।

जितपछि टोटनहमको १० खेल बाट २६ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ९ खेलमा २१ अंक छ । क्रिस्टल प्यालेस भने १२ अंक सहित ११औं स्थानमा छ ।

प्रिमियर लिगमा शनिबार साँझ पाँच खेल हुँदैछन् । आईतबार बेलुका प्रतिष्ठित म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड एकअर्का सँग भिड्दै छन् ।

December 1, 2023

एनएसएलमै चितवनको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) इतिहासमा पहिलो जित दर्ता गरेको छ। पहिलो संस्करणमा जित विहिन रहेको चितवनले दोस्रो संस्करणको तेस्रो खेलमा आएर पहिलो जित हासिल गरेको हो। चितवनले शुक्रबार वीरगन्ज युनाइटेड एफसीलाई २-१ ले पराजित गर्यो। चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक-एक गोल गरे। वीरगन्जका लागि भने […]

December 1, 2023

एन्फा रेफ्री ढुंगानाको निधन

बिर्तामोड (हाम्रो खेलकुद)- एन्फा रेफ्री झापाका लोकराज ढुंगानाको निधन भएको छ । उनी कलेजो र फोक्सोसम्बन्धी रोगबाट ग्रसित थिए । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको हो ।झापाका अग्रज फुटबल रेफ्री ४५ वर्षीय ढुंगानाले २०६८ सालमा एन्फा रेफ्रीको कोर्स पूरा गरेका थिए । झापा बुधबारे निवासी उनी झापा जिल्ला फुटबल रेफ्री […]

December 1, 2023

विमलको गोलमा चितवनलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार चितवन एफसीले मध्यान्तर सम्म वीरगन्ज युनाइटेड एफसी विरुद्ध अग्रता बनाएको छ। विमल घर्ती मगरको गोलको मद्दतले एनएसएल इतिहासमा पहिलो जित खोजिरहेको चितवनले १-० को अग्रता बनाएको हो। चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ। खेलमा चितवन बलियो देखिएपनि वीरगन्जले पनि मौकाहरु भने सृजना […]

Success

Thank you for your time.