default_image

2 years ago

October 28, 2023

एन्जिलाले सेथुबाट नै भारतीय लिग खेल्ने

942 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले भारतीय महिला लिगको नयाँ सिजन सेथु फुटबल क्लबबाट नै खेल्ने भएकी छिन् ।

गत सिजन सेथुले सेमिफाइनलसम्म यात्रा तय गर्दा पनि एन्जिला टोलीबाट खेलेकी थिइन् । यसपटक पनि क्लबले उनलाई नयाँ सिजनको लागि अनुबन्धन गरेको हो ।

एन्जिलाले लगातार दोस्रो सिजन सेथुबाट खेल्न पाउँदा खुसी व्यक्त गरिन् । ‘लगातार दोस्रो सिजन खेल्न पाउँदा निकै खुसी लागेको छ । आशा छ यसपटक गत सिजन भन्दा राम्रो नतिजा निकाल्न सक्नेछौं,’ उनले भनिन् ।

गत सिजन एन्जिला सम्मिलित सेथु सेमिफाइनलमा किकस्टार्ट फुटबल क्लबसँग पराजित भएको थियो । उक्त क्लबमा नेपालकै सरु लिम्बू र कप्तान रेनुका नगरकोटे खेलेका थिए ।

महिला लिगको नयाँ सिजन डिसेम्बर दोस्रो सातादेखि मार्चसम्म चल्नेछ । लिगमा ८ टोली छनोट भएपनि ७ टोलीले मात्र प्रतिस्पर्धा गर्ने बुझिएको छ ।

इस्टर्न स्पोर्टिङ्ग युनियन लिगका लागि योग्य भएपनि कागजी प्रक्रिया पूरा नगर्दा रेलिगेसनमा परेको हो । अब लिगमा हरेक टोलीले १२ खेल खेल्नेछन् ।

एन्जिलासँगै नेपालका अन्य खेलाडीले पनि लिग अनुबन्ध हुने सम्भावना छ । गत सिजन ६ नेपाली खेलाडीले लिग खेलेका थिए । एन्जिलासँगै लिग विजेता सावित्रा भण्डारी, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता बस्नेत र रेखा पौडेलले खेलेका थिए । दीपा शाही लर्ड्स एफएमा अनुबन्धित भएपनि उमेर नपुग्दा खेल्न पाएकी थिइनन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.