2 years ago
October 28, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमाा शनिबारको पहिलो खेलमा चेल्सी ब्रेन्टफर्ड सँग पराजित भएको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सी २–० ले पराजित भएको हो । ब्रेन्टफर्डका लागि इथन पिन्नक र ब्र्यायन एम्बोएमोले समान १ गोल गरे ।

खेलको सुरुवाती समयमा चेल्सीको केहि राम्रा अवसर खेर फाल्यो । खेलको सातौं मिनेटमा चेल्सीका निकोलस ज्याक्सनले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । १०औं मिनेटमा चेल्सीका नोनी मडुएकेको प्रहार क्रसबारमा लागि फर्कियो । १२औं मिनेटमा कनर ग्यालाघरको प्रहार ब्रेन्टफर्ड गोलरक्षक फ्लेकनले बचाए ।
२०औं मिनेटमा रहिम स्टर्लिङको प्रहार पोस्टको माथि बाट बाहिरियो । ३८औं मिनेटमा मडुएकेको अर्को प्रहार पनि पोस्टमा लागेर बाहिरियो । दोस्रो हाफको सुरुवात देखि भने ब्रेन्टफर्ड खेलमा हाबी रह्याो । ५०औं मिनेटमा जानेल्टको प्रहार चेल्सी गोलरक्षक रोबर्ट सान्चेजले बचाए ।
५८औं मिनेटमा भने ब्रेन्टफर्डले खेलमा अग्रता लियो । एम्बोएमोको क्रसमा पिन्नकले गोल गर्दै खेलमा पाहुना टोलीलाई अग्रता दिलाए । ८३औं मिनेटमा चेल्सीलाई खेलमा बराबरी गर्ने अवसर थियो। तर स्टर्लिङको पासमा ग्यालाघरले सट लिन सकेनन् । खेलको अन्त्यमा भने ब्रेन्टफर्डले अर्को गोल थप्दै जित सुनिश्चित गर्यो।
कर्नर किकका लागि चेल्सीका गोलरक्षक सान्चेज समेत अगाडि आएको बेलामा काउन्टरमा एम्बोएमोले गोल गर्दै जित पक्का गरे । जित पछि ब्रेन्टफर्ड १० खेलमा १३ अंक सहित १०औं स्थानमा उक्लिएको छ भने ११ खेलमा १२ अंक मात्र रहेको चेल्सी ११औं स्थानमा छ । प्रिमियर लिग शनिबार अन्य ३ खेल हुँदैछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]