default_image

1 month ago

October 28, 2023

पहिलो हाफमै ३ रातो कार्ड, दोस्रो हाफमा बायर्नको ८ गोल!

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा च्याम्पियन बायर्न म्युनिखले डार्मस्टाटलाई फराकिलो अन्तरले पराजित गरेको छ । बायर्नले निकै रोमान्चक खेलमा ८-० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक पूरा गर्दै लिगमा १२ गोल पुर्याए । लेरोय साने र जमाल मुसियालाले २-२ गोल गर्दा थोमस मुलरले पनि १ गोल थपे […]

3830 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा च्याम्पियन बायर्न म्युनिखले डार्मस्टाटलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बायर्नले निकै रोमान्चक खेलमा ८-० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा ह्यारी केनले ह्याट्रिक पूरा गर्दै लिगमा १२ गोल पुर्याए । लेरोय साने र जमाल मुसियालाले २-२ गोल गर्दा थोमस मुलरले पनि १ गोल थपे ।

पहिलो हाफ ३ खेलाडीले रातो कार्ड पाउँदा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा १० खेलाडीमा सिमित बायर्नले ९ खेलाडीमा सिमित डार्मस्टाटविरुद्ध ८ गोल गर्यो ।

बायर्नका जोशुवा किम्मिचले खेलको चौथो मिनेटमा नै रातो कार्ड पाएका थिए । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर विपक्षी खेलाडीलाई लडाएपछि रेफ्रीले रातो कार्ड देखाएका थिए । त्यसपछि २१ औं मिनेटमा पाहुना टोलीका क्लाउस जासुलाले पनि उस्तै प्रकृतिको फलमा रातो कार्ड पाए ।

४१ औं मिनेटमा डार्मस्टाटकै माटे मग्लिकाले केनलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि रेफ्रीले रातो कार्ड देखाए । त्यसपछि खेलको बाँकी समय बायर्न १० र डार्मस्टाट ९ खेलाडीमा सिमित रहेका थिए ।

दोस्रो हाफमा भने बायर्नले लगातार गोल गर्न सफल रह्यो । ५१ औं मिनेटमा नुसेर माजरोइको क्रसमा केनले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि ५६ औं मिनेटमा लेरोय सानेले गोल गर्दा जमाल मुसियालाले ६० औं मिनेटमा छोटो फ्रिकिकलाई गोलमा परिणत गरे ।

६४ औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गरे । ६९ औं मिनेटमा केनले आफ्नो हाफबाट गोल गर्दै स्कोर ५-० बनाए । त्यसपछि मुलरले ७१ औं मिनेट, मुसियालाले ७६ औं मिनेट र केनले ८८ औं मिनेटमा गोल थपे ।

बायर्नको ९ खेलमा २३ अंक पुगेको छ । अपराजित बायर्नलाई लेभरकुसनले ८ खेलमा २२ अंक जोड्दै पछ्याइरहेको छ ।

November 30, 2023

मुख्य प्रशिक्षक ‘भाग्य परिक्षण’ गर्न खेलभर टचलाइनमै आएनन्

सुबास हुमागाईं, काठमाडौं बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ अन्तर्गत सुरुवाती दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ । अक्सनमा स्टार खेलाडी भित्र्याउन असफल बुटवलले नेपालमै उपलब्ध रहेका विदेशी खेलाडी अनुबन्ध गर्दै औसत टोली निर्माण गरेको छ । अझ टोलीको प्रशिक्षक विजय महर्जनले दोस्रो खेलमा गरेको निर्णय सुन्दा टोलीले लिगमा नतिजाको हिसाबमा […]

November 30, 2023

ओलावालेको इन्ज्युरी समय गोलमा धनगढी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ओलावाले अफिजले इन्ज्युरी समयमा गोल गर्दा नेपाल सुपर लिग २ अन्तर्गत विहीबार धनगढी फुटबल क्लबले बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । इन्ज्युरी समयमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा […]

November 30, 2023

फिफा वरियतामा नेपाल खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७३औं स्थानमा रहेको थियो। नेपालको १५.७७ वरीयता अंक घटेर ९४८.०५ भएको छ । विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई र यमन विरुद्ध पराजय भोगेका कारण […]

Success

Thank you for your time.