default_image

2 years ago

October 29, 2023

एडवर्डकाे ह्याट्रिकमा आर्सनलको सानदार जित

627 views

0 Bookmark

एजेन्सी – एडवर्ड एनकेटियाकाे ह्याट्रिक सहयाेगमा लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गर्दै शीर्षस्थानको टोटनहम हटस्परसँगको अंक दुरी छोट्याएको छ ।

आर्सनलले घरेलु मैदानमा सेफिल्ड युनाइटेडमाथि ५–० को सानदार जित निकाल्दै टोटेनहमसँगको अंक दुरी २ मा झारेको हो ।इमिरेट्स स्टेडियम लन्डनमा शनिबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीको फराकिलो जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक पूरा गर्दा फावियो भिइरा र ताकेहिरो टोमीयसुले समान एक गोल गरे ।

पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा चार गोल थप्दै सानदार जित निकाल्यो । २८औं मिनेटमा एडवर्डको गोलबाट आर्सनलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले डिक्लन रिसको पासमा गोल गर्न सफल भएका थिए ।

५०औं मिनेटमा एडवर्डले अर्काे गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा एडवर्डले इमिल स्मिथ रोवीको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसपछि ८८औं मिनेटमा फावियोले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई सानदार जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा ताकेहिरो टोमीयसुले गोल गर्दै आर्सनललाई ५–० को एकपक्षीय जित दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको आर्सनलको १० खेलबाट २४ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको टोटेनहमको २६ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको २१ अंक छ । पराजित सेफिल्ड १ अंकसहित पुछारमा छ ।

यस्तै अर्काे खेलमा बर्नमाउथले बर्नलेलाई २–१ ले पराजित गर्दा वल्भ्स र न्यूक्यासल युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.