2 years ago
October 29, 2023
लमजुङ हाम्रो खेलकुद) – लांघाली एकता युवा क्लब उम्लिस्वारा (प्युघर) लमजुङले १८औं संस्करणको पिठ बजार फुटबल कप खुल्ला सेभेन ए साइड प्रतियोगिता २०८० को उपाधि जितेको छ ।

लमजुङको दुधपोखरी गाँउपालिका ६ बेत्यानीस्थित नयाँ ग्राउन्डमा शनिबार भएको फाइनलमा हेल गाइज सानो काभ्रेलाई २–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । लांघालीको जितमा सुमन श्रेष्ठ र अनुराग जिसीले गोल गरे ।
उपाधिसँगै लांघालीले १ लाख रुपैया, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको हेल गाइजले ५५ हजार रुपैयाँ, कप, मेडल र प्रमाण पत्र हात पारेको छ । पहिलो पुरस्कार कृष्ण गुरुङले तथा दोस्रो पुरस्कार स्वर्गीय कृष्ण गुरुङको स्मृतिमा राखिएको थियो ।

हेल गाइजका संयोग थापा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । लांघालीका सुमन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । उनीहरु दुवैले समान २ हजार ५ सयसँगै कप, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
लांघालीकै शिव पिया गोलरक्षक र सुशान्त श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिए । उनीहरुले समान २ हजार रुपैयाँसँगै कप, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
३० वर्षमाथिको खेलमा फाइनलमा डाडाथोक लाखाजुङले ताजी स्टारलाई ३–१ ले पराजित गर्दै उपाधि जितेको छ । उपाधि जितेको डाडाथोक लाखाजुङले एक बोका तथा दोस्रो भएको ताजी स्टारले दुई भाले हात पारेको छ ।

विजयी टोली तथा खेलाडीलाई क्लबका अध्यक्ष महेन्द्र गुरुङ, प्रथम पुरस्कार प्रायोजक कृष्ण गुरुङका बुवा तारा बहादुर गुरुङ, दोस्रो पुरस्कार प्रायोजक स्वर्गीय कृष्ण गुरुङकी दिदी लक्ष्मी गुरुङ, दुधपोखरी वडा नम्वर ३ का वडा अध्यक्ष श्याम गुरुङ (मिन), वडा नम्वर ५ का अध्यक्ष बल बहादुर गुरुङ, तोरी बारी आमा समूहका अध्यक्ष लाल माया गुरुङ, बुढीकोट आमा समूहका अध्यक्ष काली गुरुङ, दुधपोखरी गाँउपालिका वडा नम्वर ६ बेत्यानीका टोल सुधार समितिका संयोजक कुम बहादुर गुरुङ र गौडा प्रहरी चौकीका इन्चार्ज बरिष्ठ हवल्दार अर्जुन योगी र कोल्की एकता युवा क्लबका सल्लाहकार तथा समाजसेवी रेखी गुरुङलगायतले पुरस्कृत गरे ।
दशैं औशीको अवसरमा बेत्यानी युवा क्लब बेत्यानीले आयोजना गरेको प्रतियोगिता २८ असोजबाट शुरु भएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]