2 years ago
October 29, 2023
एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत आईतबार बेलुका भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले नटिङ्घम फरेस्ट विरुद्ध ३-० को सहज जित निकालेको हो ।

लिभरपुलको जितमा डिएगो जोटा, डार्विन नुनेज र मोहम्मद सलाहले एक-एक गोल गरे । लिभरपुललाई जोटाले खेलको ३१औं मिनेटमा अग्रता दिलाएका थिए । डार्विन नुनेजको प्रहार फरेस्ट गोलरक्षक म्याट टर्नरले बचाएपछि रिबाउन्डमा जोटाले सहजै गोल गरेका थिए ।
घरेलु टोलीलाई अग्रता दोब्बर बनाउन मात्र चार मिनेट लाग्यो। नुनेजले सोबोस्जलाईको पासमा ट्याप-इन गर्दै अग्रता दोब्बर बनाए । तेस्रो गोल भने ७१औं मिनेटमा आएको थियो । सोबोस्जलाईको पासमा टर्नर बक्स बाहिर आएर बललाई नियन्त्रणमा लिन नसकेपछि सालाहले खाली पोस्टमा गोल गरेका थिए ।
खेलको अन्त्यतिर कोडी गाक्पोले गोल गरेपनि उनको गोल भिडियो असिस्टेन्ट रेफ्रीले रद्द गरे ।
जितपछि लिभरपुल १० खेलमा २३ अंक सहित तेस्रो स्थानमा रहँदा पराजित फरेस्ट १० अंक सहित १६औं स्थानमा छ।
यस्तै आजै भएका अन्य खेलमा एभर्टनले वेस्ट ह्यामलाई १-० ले हराउँदा ब्राईटन र फुलह्याम १-१ को बराबरीमा रोकिए । अर्को खेलमा एस्टन भिल्लाले लुटन टाउनलाई ३-१ ले हरायो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]