default_image

4 weeks ago

October 31, 2023

मेस्सीलाई कीर्तिमानी आठौं बालोन डि’ओर

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् । फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड जितेका हुन् । यो मेस्सीको आठौं बालोन डि’ओर हो । यसअगाडि सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात […]

2998 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीले आठौं पटक विश्वकै प्रतिष्ठित बालोन डि’ओर अवार्ड जितेका छन् ।

फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड जितेका हुन् । यो मेस्सीको आठौं बालोन डि’ओर हो । यसअगाडि सन् २००९ देखि लगातार २०१०, २०११, २०१२ सम्म तथा २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात पारेका थिए ।

मेस्सीले म्यानचेस्टर सिटी र नर्वेका खेलाडी एर्लिङ हालान्डलाई पछि पार्दै सो अवार्ड जितेका हुन् । गत डिसेम्बरमा कतारमा भएको विश्वकपको उपाधि जिताउन आफ्नो देशको नेतृत्व गरेका उनले आफ्नो जीवनको महत्वाकांक्षा पूरा गर्दै बालोन डि’ओर समेत जित्न सफल भएका हुन् ।

उनले विश्वकप यात्रामा सात गोल गर्दै उत्कृष्ट खेलाडी उपाधि समेत हात पारेका थिए । १६औं पटक मनोनयनमा परेका मेस्सीले बालोन डि ओर अवधि भरि ३८ गोल र २५ असिस्ट गरेका थिए ।

गत सिजन मात्रै इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा गएका हालान्डले भने ५६ गोल गरेका थिए । गत सिजन सबैभन्दा धेरै गोल गरेका कारण उनले सोही समारोहका बीच गर्ड मुलर ट्रफी भने जितेका छन् । उनले युइएफए उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि समेत जितेका थिए ।

यस्तै महिला तर्फको बालोन डि’ ओर स्पेन र बार्सिलोनाकी खेलाडी आईटाना बोनमाटीले जितेको छिन् । बोनमाटीले समेत यस वर्ष नै अष्ट्रेलियान भएको विश्वकप जितेकी थिइन् ।

यसका साथै बाट सिजनको लालिगा र च्याम्पियन्स लिग जितेको बार्सिलोनाको टोलीमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । बोनमाटीले युइएफए उत्कृष्ट वर्ष महिला खेलाडीको उपाधि समेत जितिसकेककी थिइन् ।

इङ्ल्यान्डका युवा फरवार्ड जुड बेलिङ्घमले कोपा ट्रफी , अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले याचिन ट्रफी , रियल म्याड्रिडका ब्राजिलियन भिनिसियस जुनियरले सक्रेट्स अवार्ड जिते।
महिलातर्फ बार्सिलोना र पुरुषतर्फ म्यानचेस्टर सिटी बर्षको उत्कृष्ट क्लब छानिए।

November 29, 2023

पिएसजी न्युकासलसँग हारबाट जोगियो

एजेन्सी – अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ । पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो । यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो । खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग […]

November 29, 2023

बार्सिलोना तीन वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे । सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग […]

November 28, 2023

अन्तिम समयमा दुई गोलसहित काठमाडौं र चितवनको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]

Success

Thank you for your time.