default_image

2 years ago

November 2, 2023

न्यूक्यासलसँग म्यानचेस्टरको लज्जास्पद हार

781 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग आफ्नै मैदानमा लज्जास्पद हार बेहोर्दै म्यानचेस्टर युनाइटेड इएफएल कपकाे प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा न्यूक्यासलसँग ३–० ले पराजित हुँदै अन्तिम १६ बाटै बाहिरिएको हो । बुधबार राति भएको खेलमा न्यूक्यासलको जिताउन मिगुइल अल्मिरोन, लेविस हल र जोसेफ विललकले गोल गरे ।

२८औं मिनेटमा मिगुइल अल्मिरोनको गोलबाट म्यानचेस्टर खेलमा पछि पर्यो । अल्मिरोनले भालेन्टिनो लिभ्रामेन्टोको पासमा गोल गर्न सफल भएका थिए । ३६औं मिनेटमा लेविस हलले गोल गर्दै न्यूक्यासलको अग्रता दोब्बर पारे ।

त्यसपछि ६०औं मिनेटमा जोसेफ विललकले जाइलिन्टनको पासमा गोल गर्दै न्यूक्यासलको सहज जित पक्का गर्दा युनाइटेड घरेलु मैदानमा लज्जास्पद हार बेहोर्न पुग्यो ।

युनाइटेडले सन् १९६२ पछि पहिलोपटक घरेलु मैदानमा लगातार दुई खेलमा ३ गोल खाएको छ । यसअघि युनाइटेडले प्रिमियर लिगकै खेलमा पनि म्यानचेस्टर सिटीसँग ३–० कै हार बेहोरेको थियो ।

यो सिजन अन्डरडग टोलीको रुपमा रहेको न्यूक्यासलले अन्तिम ३२ को खेलमा म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो ।

यस्तै अर्काे खेलमा आर्सनलले वेस्टह्याम युनाइटेडसँग ३–१ भोग्दै बाहिरिएको छ । वेस्टह्यामको जितमा मोहम्मद कुडुस र जरोड बोवेनले गोल गर्दा एक गोल उपहार पाएको थियो । आर्सनलका मार्टिन ओडेगार्डले एक गोल फर्काए ।

अन्य नतिजा
वेस्टह्यामविरुद्ध आर्सनल (–१)
बर्नमाउथविरुद्ध लिभरपुल (१–)
चेल्सीविरुद्ध ब्ल्याकबर्न (–०)
एभर्टनविरुद्ध बर्नले (–०)
इस्पिचविरुद्ध फुलहम (१–)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.