2 years ago
November 2, 2023
एजेन्सी – जर्मन बुन्डेसलिगाको तेस्रो श्रेणीको सारब्रुकेनसँग स्तब्ध हुँदै जर्मन च्यामिपयन बायर्न म्युनिख डिएफवी पोकलको दोस्रो चरणबाटै बाहिरिएको छ ।

एक गोलको अग्रता जोगाउन नसक्दा सारब्रुकेनसँग २–१ ले स्तब्ध हुँदै बायर्न डिएफवी पोकलको अन्तिम ३२ बाटै बाहिरिएको हो । बायर्नलाई स्तब्ध पार्न सारब्रुकेनका प्याट्रिक सोन्थेइमर र मार्सेल गाउसले गोल गरे । बायर्नका थोमस मुलरको गोल सान्त्वना बन्यो ।
जर्मन बुन्डेसलिगाको तेस्रो श्रेणीमा खेलिरहेको (अहिले १५औं स्थान) मा रहेको सारब्रुकेनले लगातार ११ पल्टको बुन्डेसलिगा च्याम्पियन तथा तीन दिनअघि जर्मन बुन्डेसलिगामा एसभी ड्रमस्टाडलाई ८–० को भारी अन्तरले पराजित गरेको बायर्नलाई डिएफवी पोकलको अन्तिम ३२ बाटै पाखा लगाउन सफल भयो ।
खेलको सुरुवातदेखि नै बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेको बायर्नले १६औं मिनेटमा मुलरको गोलबाट अग्रता लिन सफल भयो । उनले फ्रान क्राटजिगको पासमा गोल गर्न सफल भए । तर, त्यो अग्रतालाई बायर्नले जोगाउन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा प्याट्रिक सोन्थेइमरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले लुकास बोइडरको पासलाई सदुपयोग गरेका थिए ।
त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । तर, इन्जयुरी समयको थप गरिएको अन्तिम समय छैटौं मिनेटमा मार्सेल गाउसलले गोल गरेपछि बायर्नलाई स्तब्ध पार्दै सारब्रुकेन अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।
बायर्नका प्रशिक्षक थोमस टुचेलले सारब्रुकेनविरुद्ध फरवार्ड ह्यारी केनलाई विश्राम दिदा जमल मुसिएला, सर्ज नाब्री र किङ्सले कोमानलाई दोस्रो हाफमा मैदान पठाउँदा पहिलो रोजाईमा थोमस मुलरसँगै लिरोए साने, योसुवा किम्मिख, म्याथिज डे लेग्ट, अलफन्सो डाभिस र कप्तान तथा गोलरक्षक म्यानुएल नुयरले मौका दिएको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]