default_image

2 years ago

November 2, 2023

दिनेश एनएसएल खेल्न स्वदेश फर्कने

1339 views

0 Bookmark

काठमाडौं ( हाम्रो खेलकुद)- अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका डिफेन्डर दिनेश राजवंशी नेपाल सुपर लिग (एनएसएल) खेल्न स्वदेश आउने पक्का भएको छ ।


पोखरा थन्डर्सले एनएसएलको दोस्रो संस्करणका लागि दिनेशलाई आफ्नो आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको छ । उनले भर्खरै अष्ट्रेलियाको भिक्टोरिया स्टेट लिगमा यति एफसीबाट खेलेका थिए।

अघिल्लो सिजन ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले अनुबन्ध गरेपछि दिनेशले जनवरी २०२३ मा नेपाल छोडेर अस्ट्रेलिया गएका थिए । उनले लिग सुरु हुनुअघि नै नेपाल छाडेका थिए ।

अष्ट्रेलिया जान महासागर पार गर्नुअघि दिनेश नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य थिए । उनले नेपालको तर्फबाट २६ खेल खेलिसकेका छन् जसमा २४ खेलमा सुरुवाती रोजाईमा रहेरै खेलेका छन् ।

उनले २०७८ को ए डिभिजन लिग सिजन मनाङ मर्स्याङ्दी क्लबको प्रतिनिधित्व गरेका थिए। उनले त्यस लिग सिजनको सबै १३ खेलमा हरेक मिनेट खेलेका थिए। उनले एनएसएलको पहिलो संस्करणमा धनगढी एफसीको प्रतिनिधित्व गरेका थिए ।

पोखराले आयुष घलानलाई मार्की साइनिङ गरिसकेको छ । ९ टोलीको सहभागितामा मंसिर ८ गते एनएसएल सुरु हुँदैछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.