2 years ago
November 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को साताका लागि तय विशेष साधारण सभा रोक्न नपर्ने भएको छ ।

विशेष साधारण सभा रोक्न माग भएपनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएको छ । अब मकवानपुरको हेटौंडामा कात्तिक २३ गते बोलाइएको विशेष साधारण सभा गर्न एन्फालाई बाटो खुलेको छ ।
सहिद स्मारक बी डिभिजन टोली मध्पयुर युथ एसोसियनका सह सचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सरेश शाहलाई विपक्षी बनाई असोज २५ गते दायर गरेको विशेष साधारण सभा रोक्न अन्तरिम आदेश मागसहितको रिट दायर गरेका थिए । उच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी नहुने आदेश गरेको थियो ।
एन्फा कार्यसमितिको असोज १७ गते बसेको बैठकले विशेष साधारण सभामा एक मात्र विषय सुचीका रुपमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको थियो । भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थिए ।
सो प्रस्तावबारेमा कानुनी परमर्शका लागि एन्फाले आफ्नो अनुशासन समितिमा पठाएको छ । सदस्यहरुको मागलाई सम्बोधन गर्ने क्रममा एन्फाले विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो । महासचिवको हकमा राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिलले निर्णय गर्ने अधिकार क्षेत्रमा पर्ने भएकोले महासचिवको बर्खास्त प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निर्णय पनि बैठकले गरेको थियो ।
विशेष साधारण सभाका लागि सदस्य संस्थाहरुले प्रतिनिधि समेत छनोट गरिसकेका छन् । गण्डकी प्रदेशको छनोट प्रक्रिया भने विवादमा परेको छ । एन्फाले आफ्नो चार प्रतिनिधिलाई गण्डकीको प्रतिनिधिका रुपमा पठाएपनि गण्डकी प्रदेशले उनीहरुको उपस्थिति विना अलग्गै भेला गरेर प्रतिनिधि छनोट गरेको थियो । त्यस विषयमा एन्फाले गण्डकी प्रदेशलाई पत्र काटेको छ ।
मध्यपुरका सह सचिव श्रेष्ठले नेम्बाङको नेतृत्वमा एन्फा विधान विपरित सन्चालन हुँदै आएकोलगायत अन्य विषयलाई आफ्नो निवेदनमा समेटेका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]