2 years ago
November 4, 2023
एजेन्सी – खेलको अन्तिम समयमा गोल गर्दै म्यानचेस्टर युनाईटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार फुलह्याम माथि जित दर्ता गरेको छ।

१-० जित निकाल्ने क्रममा युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेजले गोल गरेका हुन्। युनाइटेडको खेल भने तारिफ योग्य थिएन।
तुलनात्मक रूपमा कमजोर मानिएको फुलह्याम विरुद्ध पनि युनाइटेडले सोचेजस्तो खेल प्रदर्शन गर्न सकेन। खेलमा दुबै टोलीले धेरै अवसर सृजना गर्न सकेन।
खेलको आठौं मिनेटमा युनाइटेडले स्कट मक्टोमिनेको गोलमा अग्रता लिएको थियो। तर गोल गर्ने क्रममा बल नै नछोएका ह्यारी मग्वायर लाई त्यस मुभलाई असर पारेको भन्दै भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोल रद्द भएको थियो।
३४औं मिनेटमा ब्रुनोले बक्स बाहिर बाट गरेको प्रहार फुलह्याम गोलरक्षक लेनोले सहजै बचाएका थिए। ५९औं मिनेटमा फुलह्यामका विलियनको प्रहारले पनि गोलको दिशा लिन सकेन। ७१औं मिनेटमा युनाइटेडका फाकुन्डो पेलिष्ट्रीको प्रहार पनि लेनोले सहजै बचाए।
८३औं मिनेटमा ब्रुनोको फ्रि-किकले पनि पोस्टको दिशा लिन सकेन। ८९औं मिनेटमा फुलह्यामका ह्यारी विल्सनको फ्रि-किकको नतिजा पनि त्यही रह्यो।
थपिएको ५ मिनेट समयको पहिलो मिनेटमा ब्रुनोले गोल गर्दै आफ्नो टोलीलाई ३ अंक दिलाए। पेलिष्ट्रीको पासमा ब्रुनोले दुई डिफेन्डरलाई चकित पार्दै बक्सको छेउबाट राम्रो गोल गरेका थिए।
जितसँगै ११ खेलमा ६ जित र ५ हार सहित युनाइटेड १८ अंकका साथ तालिकाको छैठौं स्थानमा उक्लिएको छ। फुलह्याम ११ खेलमा ३ जित, ३ बराबरी र ५ हारका साथ १२ अंक सहित १४औं स्थानमा छ। प्रिमियर लिगमा शनिबार अन्य ६ खेल हुँदै छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]