default_image

2 years ago

November 5, 2023

एराउजाे नायक बन्दा बार्सिलोनाको जित

702 views

0 Bookmark

एजेन्सी – खेलको अन्त्यतिर रोनाल्ड एराउजोले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा कठिन जित दर्ता गरेको छ ।

बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडविरुद्ध १–० को कठिन जित निकालेको हो । बार्सिलोनाको जितमा खेलको अन्त्यतिर रोनाल्ड एराउजोले गरेको गोल नै ३ अंक बटुल्न पर्याप्त बन्यो ।

रियाले एरिना सेवास्टिएनमा शनिबार राति भएको खेलमा घरेलु टोली सोसिडाडले बल पोसेसन राख्दै बार्सिलोनालाई दवावमा राखेपनि खेलको अन्त्यतिर गोल खाँदै हार बेहोर्न पुग्यो । रियल सोसिडाडको आक्रमणका बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले सानदार प्रदर्शन गर्दै उकृष्ट बचाउँ गरे ।

बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर रोनाल्ड एराउजोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितले बार्सिलोना १२ खेलबाट ८ जित, ३ बराबरी र १ हारका साथ २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित सोसिडाड समान खेलबाटै १९ अंक जोडेर छैटौं स्थानमा छ । बार्सिलोना शीर्षस्थानको जिरोनासँग ४ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडसँग १ अंकले पछि छ । रियलले एक खेल कम खेलेको छ ।

ओसासुनालाई हराउँदै जिरोना शीर्षस्थानमा

घरेलु टोली ओसासुनामाथि ४–२ को रोमाञ्चक जित निकाल्दै जिरोना स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । जिरोनाले रियल म्याड्रिडलाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

यो सिजन उच्च फर्ममा रहेको जिरोनाको जितमा इभान मार्टिन, अर्टिम डोब्यक, भिक्टर सिगनकोभ र एलेइक्स गार्सियाले गोल गरे । ओसासुनाका एन्टी बुडिमिरले दुवै गोल गरेपनि जितको लागि पर्याप्त भएन ।

यस जितले शीर्षस्थानमा उक्लिएको जिरोनाको १२ खेलबाट ३१ अंक पुगेको छ । पराजित ओसासुना १३ अंक जोडेर ११औं स्थानमा छ । रियलले एक खेल कम खेलेको छ ।

आज राति रियलले घरेलु मैदानमा रायो भालेकानोसँग खेल्दैछ । यस खेलमा जित हात पारे रियल गोल अन्तरमा पुनः शीर्षस्थानमा उक्लने छ । बराबरी या हारले शीर्षस्थान गुमाउने छ ।

अन्य नतिजा
लास पाल्मास
विरुद्ध एट्लेटिको मड्रिड (–१)
रियल बेटिसविरुद्ध मलोर्का (–०)
सेल्टा डि भिगोविरुद्ध सेभया (१–१)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.