default_image

2 years ago

November 5, 2023

केनको ह्याट्रिकमा बायर्नको सानदार जित

644 views

0 Bookmark

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको ‘डेर क्लासिकेर’ मा सानदार जित निकालेको छ ।

बायर्नले घरेलु टोली बोरुसिया डर्टमुन्डमाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको जितमा केनले ह्याट्रिक पूरा गर्दा एक गोल डेअट उपमेकानोले गरे ।

सिग्नल इडुना पार्कमा शनिबार राति भएको एक पक्षीय बनेको खेलको चौथो मिनेटमा नै डेअट उपमेकानोको गोलबाट बायर्नले अग्रता लिन सफल भएको थियो । उनले लिरोए सानेको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछिको तीनै गोल केनको नाममा रह्यो । नवौं मिनेटमा सानेकै पासमा केनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ७२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए ।

उनले यसपटक किङ्सले कोमानको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा केनले एलेक्सान्डर पाब्लोभिकको पासमा ह्याट्रिक पूरा गर्दै बायर्नलाई सानदार जित दिलाए ।

यस सिजन इंग्लिस क्लब टोटेनहम हटस्परबाट बायर्न पुगेका केनको बायर्नमा यो तेस्रो ह्याट्रिक हो । उनले यो सिजन बायर्नबाट १४ खेल खेल्दा १७ गोल गरिसकेका छन् ।

यस जितसँगै बायर्न १० खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । पराजित डर्टमुन्डले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा २१ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.