default_image

2 years ago

November 5, 2023

म्यानचेस्टर सिटीको सानदार जित

849 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। सिटीले बर्नमाउथलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको हो।

सिटीको जितमा बर्नाडो सिल्भाले २, जेरेमी डोकु, मानुएल आकान्जी, फिल फोडेन र नेथन आकेले समान १ गोल गरे। खेलमा डोकुको ४ वटा असिस्ट रहेको थियो।

पहिलो गोल डोकुले ३०औं मिनेटमा गरेका थिए। उनले रोड्रीको पासमा राम्रो फिनिस गर्दै गोल गरेका थिए। त्यसपछिका ४ गोलमा डोकुले असिस्ट गरे।

३३औं र ८३औं मिनेटमा सिल्भाका गोल, ३७औं मिनेटमा आकान्जी र ६४औं मिनेटमा फोडेनले डोकुकै पासमा गोल गरेका थिए। ८८औं मिनेटमा आकेले भने युवा खेलाडी ओस्कर बबको पासमा हेडर मार्फत गोल गरेका थिए। स्टार स्ट्राइकर एर्लिङ हालान्ड हाफमा घाइते हुँदै मैदान छाडेपनि सिटी ६ गोल गर्न सफल भएको हो।

जितपछि सिटी ११ खेलमा २७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बर्नमाउथ भने ६ अंक सहित १७औं स्थानमा छ।

न्यूक्यासलसँग आर्सनलको हार

लन्डन क्लब आर्सनलले न्यूक्यासल युनाइटेडसँग १–० को हार बेहोरेको छ । न्यूक्यासलको जितमा दोस्रो हाफमा एन्थोनी गोर्डनले गरेको गोल नै निर्णायक बन्यो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा घरेलु टोलीलाई जिताउन गोर्डनको ६४औं मिनेटको गोल नै निर्णायक बन्यो । न्यूक्यासलसँगको हारसँगै आर्सनलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक बराबरी गर्ने अवसर गुमाएको छ ।

आर्सनल ११ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । आर्सनललाई हराएको न्यूक्यासल २० अंक जोडेर छैंटौं स्थानमा उक्लिएको छ ।

यस्तै सोही समयमा भएका अन्य खेलमा ब्रेन्टफर्ड, क्रिस्टल प्यालेस र सेफिल्ड युनाइटेडले जित निकाल्दा एभर्टन र ब्राइटनले भने १-१ को बराबरी खेलेका छन्।

ब्रेन्टफर्डले वेस्ट ह्यामलाई ३-२ ले, प्यालेसले बर्नलीलाई २-० ले र सेफिल्डले वल्भसलाई २-१ ले हरायो। त्यसअघि म्यानचेस्टर युनाईटेडले फुलह्यामलाई १-० ले हराएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.