2 years ago
November 5, 2023
एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि अल नासरले साउदी प्रो लिगमा सहज जित पारेको छ ।

अल नासरले अल खालिजमाथि २–० को सहज जित हात पारेको हो । अल नासरको जितमा रोनाल्डोसँगै एमरिक लापोर्टेले गोल गरे ।
अल अवाल पार्क किङ साउद युनिभर्सिटी रियादमा शनिबार राति भएको खेलको २६औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई १–० को अग्रता दिलाए । उनले अब्दुलरहमान घरिवको पासमा गोल गर्न सफल भएका थिए । रोनाल्डोले यो सिजन अल नासरका लागि २२ खेलमा २१ गोल गरिसकेका छन् ।
५८औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोको पासमा लापोर्टेले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा अल नासरले सहज जित निकाल्न सफल भयो ।
सुरुवाती दुई खेल गुमाएको अल नासर त्यसपछि साउदी प्रो लिगमा अपराजित छ । जसमा ९ जित र १ बराबरीको नतिजा छ ।
यस जितसँगै अल नासर १२ खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । अल नासर शीर्षस्थानको अल हिलालसँग ४ अंकले पछि छ । पराजित अल खालिज १० अंक जोडेर १५औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]