3 weeks ago
November 6, 2023
एजेन्सी – अन्तिम समयमा लिभरपुलले बराबरी गोल गरेपछि लुटन टाउन इंग्लिस प्रिमियर लिगमा ऐतिहासिक जित निकाल्न बाट बञ्चित भएको छ। यसै सिजन पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लुटनले ताहिठ चोङ मार्फत गरेको गोलबाट अग्रता बनाएको थियो । तर लिभरपुलका लुईस डियाजले अन्तिम समयमा गोल गर्दै खेलमा बराबरी गरेका थिए। १३औं मिनेटमा डार्विन नुनेजले ट्रेन्ट […]
एजेन्सी – अन्तिम समयमा लिभरपुलले बराबरी गोल गरेपछि लुटन टाउन इंग्लिस प्रिमियर लिगमा ऐतिहासिक जित निकाल्न बाट बञ्चित भएको छ।
यसै सिजन पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लुटनले ताहिठ चोङ मार्फत गरेको गोलबाट अग्रता बनाएको थियो । तर लिभरपुलका लुईस डियाजले अन्तिम समयमा गोल गर्दै खेलमा बराबरी गरेका थिए।
१३औं मिनेटमा डार्विन नुनेजले ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्डको पासमा गरेको प्रहार पोस्टमा लागेर बाहिरियो। ३३औं रायन ग्राभेनबर्चको पासमा डिएगो जोटाले गरेको प्रहार लुटन गोलरक्षक कमिन्स्कीले बचाए।
६५औं मिनेटमा का मोरिसको प्रहार लिभरपुल गोलरक्षक एलिसनले बचाए। ७०औं मिनेटमा मोहम्मद सालाहको हेडर प्रहार नुनेजको खुट्टामा परेको थियो तर उनको प्रहार पोस्ट माथि बाट बाहिरियो। ७२औं मिनेटमा सालाहको पासमा नुनेजको अर्को प्रहार कमिन्स्कीले पुनः बचाए।
७९औं मिनेटमा ग्राभेनबर्चको अर्को प्रहारमा कमिन्स्की बाधक बने। ८०औं मिनेटमा लुटनले खेलमा अग्रता लियो। काउन्टर अट्याकमा राइट-ब्याक काबोरेको पासमा टाहिठ चोङले गोल गर्दै लुटनलाई ऐतिहासिक जितको नजिक लगेका थिए।
तर खेलको इन्जुरी समयको पाँचौं मिनेटमा लिभरपुलले बराबरी गोल गर्यो। हार्भि एलियटको क्रसमा डियाज हेडर मार्फत गोल गर्दै खेलमा बराबरी गरेका थिए। आफ्नो पिताको अपहरण पछि डियाज पहिलो पटक मैदानमा उत्रिएका थिए । गोल उनले पितालाई समर्पण गरेका थिए।
जित पछि ११ खेलमा ७ जित, ३ बराबरी र १ हार सहित लिभरपुल २४ अंक जोड्दै तेस्रो स्थानमा छ। ११ खेलमा १ खेलमा जित, ३ बराबरी र ७ हारसहिर लुटन ६ अंक लिएर १७औं स्थानमा छ।
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा बराबरी गर्दै काठमाडौं रेजर्सले एफसी चितवन विरुद्ध एक अंक हासिल गरेको छ । खेलको ८६औं मिनेटमा गोल खाएको काठमाडौंले थपिएको समयको दोस्रो मिनेटमा गोल गर्दै खेलमा नाटकीय बराबरी गरेको हो । ८६औं मिनेटमा नवयुग श्रेष्ठको बक्सको दायाँपट्टी बाट गरेको क्रस बक्स बायाँपट्टी विमलको खुट्टामा पुग्यो। उनले उत्सव राईको लागि […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा साविक विजेता काठमाडौं रेजर्स र एफसी चितवनले गोलरहित पहिलो हाफ खेलेका छन् । खेल प्रतिस्पर्धात्मक भएपनि कुनै टोलीले स्पष्ट मौका भने सिर्जना गर्न सकेका छैनन् । खेलको सुरुवातमै चितवनका विमल घर्ती मगरको थ्रु पासमा रफिक अमिनु पुग्नु अघि काठमाडौं गोलरक्षक अभिषेक […]
November 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडौंं रेजर्स र एफसी चितवन खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । दुवै टोलीको पहिलो खेलको कथा भने फरक थियो । चितवनलाई धेरैले यस संस्करणको उपाधि दाबेदार मानेका छन् । तर पहिलो […]