2 years ago
November 6, 2023
धनगढी (हाम्रो खेलकुद) – धनगढी एफसीले दास्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि कैलालीका मिडफिल्डर ओमप्रकाश चौधरीलाई अनुबन्धित गरेको छ ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको साविक उपविजेता धनगढी एफसीले प्लानिङ ब्वाइज सी डिभिजनबाट बी डिभिजनमा बढुवा हुँदा टोलीमा रहेका ओमप्रकाशलाई धनगढीले भित्राएकाो हो ।
सुदूरपश्चिम ११ स्पोर्टस क्लबबाट विभिन्न गोल्डकपहरु समेत खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ओमप्रकाशले स्थानीय खेलाडीका रुपमा होम टाउनको टोलीसँग अनुबन्ध हुन पाउँदा खुसी व्यक्त गरे ।
‘पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु । यसपटक टोलीमा पाएको मौकाहरुको पूर्ण सदुपयोग गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु । अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने ।
यस्तै धनगढी एफसीका अध्यक्ष शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुद बन्ने आशा लिएको बताए ।
‘धनगढी एफसीमा यस सिजन युवा प्रतिभावान मिडफिल्डर ओमप्रकाश चौधरीलाई सम्झौता गर्दा हामी एकदमै उत्साहित छौं । ठूला प्रतियोगिताहरुमा युवाहरुले एक्सोजर पाउनु आवश्यक ठान्दै र उहाँको प्रतिभाको कदर गर्दै हामीले उहाँलाई भित्र्याएका हौं,’ शाहीले भने ।
धनगढी एफसीले यसअघि यूरोपियन लिगहरु खेलिसकेका सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्व रक्षक फलू डियाग्ने र नेपाली फुटबलमा सफल देखिएका विदेशी खेलाडी ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ ।
नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पुस २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ ।एनएसएलको यस सिजनका लागि धनगढी एफसीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका प्रतिभावान मिडफिल्डर आशिष चौधरी रहेका छन् ।
आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेल्दै टोलीलाई लिगको बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
यस्तै अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिश रत्न छुन्जु र रामचन्द्र वाजीलाईं अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षकमा भने धनगढी एफसीले युगोलकिशोर राईंलाई निरन्तरता दिएको छ । धनगढी एफसीको ब्रान्ड एम्बास्डरमा कलाकार पवी साँकी रहेकी छिन् । धनगढी एफसीले मंसिर १० गते आफ्नो पहिलो खेल वीरगञ्ज यूनाइटेडसँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]