2 years ago
November 7, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा सोमबार लन्डन डर्बीमा चेल्सीले ९ जनामा सिमित टोटनहम हटस्परलाई ४–१ ले हराएको छ । अराजक, तर घटनात्मक खेलमा चेल्सीका लागि निकोलस ज्याक्सनले ह्याट्रिक र अर्को गोल कोल पाल्मरले गरे ।

खेलमा अग्रता भने टोटनहमले लिएको थियो । देजान कुलुसेवस्कीले खेलको छैठौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसपछि भने खेल चेल्सीको तर्फ ढल्कियो ।
१४औं मिनेटमा टोटनहमका ह्युङ–मिन सनले अग्रता दोब्बर बनाएपनि गोल अफसाइड भएर रद्द भयो । २१औं मिनेटमा चेल्सीका रहिम स्टर्लिङले बराबरी गोल गरे । तर भिडियो असिस्टेन्ट रेफ्रीले गोलमा स्टर्लिङले ह्यान्डबल गरेको भनेर निर्णय दिएपछि गोल मान्य भएन ।
२७औं मिनेटमा पुनः चेल्सीका मोइसेस काइसेडोले बराबरी गोल गरेपनि उनको प्रहारमा ज्याक्सन अफसाइड रहेका कारण गोल मान्य भएन । ३३औं मिनेटमा चेल्सीले पेनाल्टी पायो । टोटनहमका क्रिस्टियन रोमेरोले एन्जो फर्नान्डेज माथि गरेको फाउलका कारण रोमेरोले रेड कार्डको सामना गर्दै मैदान छाड्न परेको थियो । पाल्मरले उक्त पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
३७औं मिनेटमा ज्याक्सनले बललाई पुनः जालि चुमाएका थिए तर उनलाई पास दिएका स्टर्लिङ अफसाइड भएपछि गोल मान्य भएन । पहिलो हाफको अन्तिमतिर १० जनामा सिमित टोटनहमका जेम्स म्याडिसन र मिकी भ्यान डे भेन घाइते हुँदै मैदान बाहिरिए । दोस्रो हाफको सुरुवाती समयमा डेस्टिनी उडोगी दोहोरो पहेँलो कार्डको सामना गर्दे मैदान बाहिरिएपछि टोटनहम ९ जनामा सिमित भएको थियो ।
७५औं मिनेटमा ज्याक्सनले स्टर्लिङको पासमा गोल गर्दै खेलमा चेल्सीलाई अग्रता दिलाए । तर ७९औं मिनेटमा एरिक डायरले बराबरी गोल गरेपनि अफसाइड भएपछि गोल पुनः रद्द भयो । त्यसपछि खेलको अन्तिम तिर ज्याक्सनले दुई गोल थप्दै ह्याट्रिक समेत पूरा गरे । उनले इन्ज्युरीको समयको दोस्रो र सातौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै खेललाई ४–१ को स्थितिमा पुराए ।
टोटनहमको यो सिजन लिगमा पहिलो हार हो । ११औं चरणको खेल अगाडि पहिलो स्थानमा रहेको टोटनहम यस चरण सकिँदा दोस्रो स्थानमा रहेको छ । टोटनहमको ११ खेलमा ८ जित, २ बराबरी र १ हार सहीत २६ अंक छ । विजयी चेल्सी भने ११ खेलमा ४ जित, ३ बराबरी र ४ हार सहित १५ अंकका साथ १० औं स्थानमा छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]