default_image

2 years ago

November 7, 2023

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

870 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चौथो चरणका खेल आज सुरु हुँदै छन्। चौथो चरणका आठ खेल आज राति हुने तालिका छ।

समूह ‘इ’, ‘एफ’, ‘जि’, ‘एच’ गरी चार समूहका खेल आज हुने छन्। आज राती ११:३० बजे दुई खेल हुँदै छन्। पहिलो खेलमा डर्टमन्डले न्युक्यासल युनाईटेडको समान गर्ने छ।

समूह ‘एफ’को उक्त खेल डर्टमन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा हुने छ। डर्टमन्ड तीन खेलमा ४ अंक सहित समूहमा दोस्रो छ। न्युक्यासल पनि ४अंक सहित तेस्रो छ।

६ अंक सहित पहिलो स्थानमा रहेको पिएसजी र २ अंकका साथ अन्तिम स्थानमा रहेको एसी मिलान भने राति १:४५ बजे भिड्ने छन्।

यस्तै समूह ‘एच’ अन्तर्गत ११:३० बजे हुने दोस्रो खेलमा शाख्तर डोनेत्स्क र बार्सिलोना भिड्ने छन्। बार्सिलोना ३ खेलमा सत प्रतिसत नतिजा सहित समूहको पहिलो स्थानमा छ। यस्तै शाख्तर भने ३ अंक सहित तेस्रो छ।

सो समूहमा पोर्टो ६ अंक सहित दोस्रो रहँदा रोयल एन्टवर्प बिना कुनै अंक पुछारमा रहेको छ। यी दुई टोली राति १:४५ मा भिड्ने छन्।

यस्तै राति १:४५ बजे नै समूह ‘इ’ मा रहेका एटलेटिको म्याड्रिड र सेल्टिक भिड्दा लाजियो र फायनूर्ड पनि आमने सामने हुनेछन्। यस समूहमा फायनूर्ड ३ खेलमा ६ अंक सहित पहिलो छ। यस्तै एटलेटिको ५ अंक सहित दोस्रो रहँदा ४ र १ अंक बटुलेका लाजियो र सेल्टिक क्रमश: तेस्रो र चौथो छन्।

आज राती नै समुह जि अन्तर्गतका खेलमा म्यानचेस्टर सिटीले योङ ब्वाइजको सामना गर्ने छ। यस्तै सोही समूहमा रेडस्टार बेलग्रेड र आरबी लाइपजिग पनि एक अर्का सँग भिड्दै छन्।

यस समूहमा म्यानचेस्टर सिटी ९ अंक सहित पहिलो, लाइपजिग ६ अंकका साथ दोस्रो रहँदा योङ ब्वाइज र बेलग्रेड १-१ अंक सहित तेस्रो र चौथो छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.