default_image

9 years ago

January 21, 2017

आयोजक सहारा आहा रारा गोल्डकपको सेमिफाइनलमा

151 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आयोजक सहारा क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । भारतको सिक्किम युनाइटेडलाई शनिबार टाइब्रेकरमा ४–२ ले हराउँदै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो । सिक्किम यसअघि पहिलो सहभागितामा क्वार्टरफाइनलमा नै सहारासँगै २–० ले पराजित भएको थियो । अब सहाराले त्रिभुवन आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनल खेल्नेछ ।
sahara-sikkim-u

त्यसअघि निर्धारित ९० र थप ३० मिनेटमा दुवैतर्फबाट गोल नभएपछि टाइब्रेकरमा निर्णय भएको थियो । टाइब्रेकरमा साहाराका गोलकिपर सुजित गुरुङले एउटा पेनाल्टी रोके भने अर्को पेनाल्टी सिक्किमका खेलाडीले चुकाएका थिए ।
सिक्किमका लागि दोस्रो पेनाल्टी हानेका सोनाम तोप्देनको प्रहार पोस्टमाथिबाट बाहिरिए को थियो । टोलीका लागि चौथो पेनाल्टी हानेका आशिष क्षेत्रीको प्रहार सुजितले रोक्दै सहाराको सम्भावना बलियो बनाएका थिए । सहाराका लागि चौथो पेनाल्टीमा कप्तान उत्तम गुरुङले गोल गरेपछि दुवै टोलीले अन्तिम पेनाल्टी प्रहार गर्नु परेन र सहारा ४–२ ले विजयी भयो ।
सहाराका लागि टाब्रेकरमा उत्तमअघि पेनाल्टीमा सुसन गुरुङ, शिव सुवेदी,रमेश मगरले गोल गरे । सिक्किमका लागि सञ्जय क्षेत्री र फुर्बा छिरिङ लेप्चाले पेनाल्टीमा गोल गरेका थिए । त्यसअघि निर्धारित र थप समयमा दुवै टोलीले केही मौका पाएपनि गोल गर्न सकेनन् । जसका कारण खेल हर्न उपस्थित झन्डै ५ हजार दर्शकलले १ सय २० मिनेट भित्र गोल हेर्न पाएनन् ।

aaha-rara-gold-cup-2073-pokhara

गत बर्षपनि यी दुई टोलीबीच क्वार्टरफाइनलमा भेट भएको थियो । दास्रो भेटमा पनि सिक्किमले सहाराको चुनौतिलाई पार गर्न सकेन । तुलानात्मक रुपमा सहारामाथि सिक्किम हावी भएको थियो । यसपटक पनि संयोगले दुवै टोलीको भेट क्वार्टरफाइनलमा भएको थियो । सहाराले सुदूरपश्चिम ११ लाई ४–० ले हराएर सिक्किमसँगको भेट पक्का गरेको थियो । ११ औं संस्करणको विजेता समेत रहेको सहारा गत बर्ष सेमिफाइनलबाट अघि बढ्न सकेको थिएन ।
दुवै हाफमा एक एक खतरनाक आक्रमण क्रसबारमा ठोक्किएर फर्कनु सिक्किमका लागि दुर्भाग्य साबिक भयो । ६१ औं मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीको क्रसमा अफजल अन्सारीको हेड प्रहार र २९ औं मिनेटमा सोनाम टोप्देनको क्रसमा नाडोङ भुटियाको हेड प्रहार क्रसबारमा लागेर फर्केको थियो ।

आहा रारा गोल्डकपमा आइतबार दोस्रो क्वार्टरफाइनल
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीविरुद्ध धरान फुटबल क्लब

sahara

sikkim

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.