2 years ago
November 8, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको समूह जि साविक विजेता म्यानचेस्टर सिटीले मंगलबार सहज जित निकालेको छ।

सिटीले १० जनामा सिमित स्विस टोली योङ ब्वाइजमाथि ३-० को जित हासिल गरेको हो। सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल थपे। शनिबार बर्नमाउथ विरुद्ध घाइते हुँदै हाफ टाइममा मैदान छाडेका हालान्ड गएराति सुरुवाती रोजाइमा रहेर खेलेका थिए। अग्रता पनि २३औं मिनेटमा उनले नै दिलाए।
योङ ब्वाइजका लाउपरले सिटीका म्याथियस नुनेसलाई बक्स भित्र लडाएपछि सिटीले पेनाल्टी पाएको थियो। पेनाल्टीमा गोल गर्दै हालान्डले सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिमतिर फोडेनले अग्रता दोब्बर बनाए। ज्याक ग्रिलिसको पास लिएर दुई डिफेन्डरलाई छक्याएर फोडेनले सुन्दर फिनिस गर्दै सिटीको अग्रता दोब्बर बनाएका थिए।
५१औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता अझ फराकिलो बनाए। उनले बक्सको छेउ बाट सुन्दर गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरे। ५३औं मिनेटमा सान्ड्रो लाउपर दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि योङ ब्वाइज १० जनामा सिमित भएको थियो।
यस्तै सोही समूहमा भएको अर्को खेलमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई २-१ ले हरायो। समूहमा सिटीको शत प्रतिसत नतिजा रहेको छ। सिटी ४ खेलमा १२ अंक सहित पहिलो स्थानमा छ। लाइपजिगको ४ खेलमा ३ जित सहित ९ अंक छ। बेलग्रेड र योङ ब्वाइजको समान १-१ अंक छ। यस समूह बाट सिटी र लाइपजिग दोस्रो चरणमा प्रवेश गरेका छन्।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]