default_image

7 months ago

November 8, 2023

एसी मिलानसँग पिएसजीको हार

763 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको समूह एफमा मंगलबार इटालियन टोली एसी मिलान र जर्मन टोली बोरुसीया डर्टमन्ड विजयी भएका छन्।

एसी मिलानले पिएसजीलाई र डर्टमन्डले न्युक्यासल युनाइटेडलाई‌ हराएको हो। एसी मिलानले २-१ को पुनरागमन जित हासिल गरेको हो।

खेलमा नवौं मिनेटमा पिएसजीका डिफेन्डर मिलान स्क्रीनियारले गोल गर्दै अग्रता दिलाएका थिए। भिटिन्हाको कर्नरमा मार्किन्होसको फ्लिक पासमा स्क्रीनियारले खाली रहँदै सहज गोल गरेका थिए।

तर मिलानले तीन मिनेट पछाडि नै बराबरी गोल फर्कायो। ओलीभियर जिरुडको प्रहार पिएसजी गोलरक्षक डोन्नारुमाले बचाएपछि रिबाउन्डमा राफाएल लेआओले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

मिलानले अग्रता भने दोस्रो हाफमा लियो। ५०औं मिनेटमा थियो हर्नान्डेजको सुन्दर क्रसमा हेडर मार्फत गोल गर्दै जिरुडले अग्रता दिलाए। अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो।

यस्तै सोही समूह कै अर्को खेलमा डर्टमन्डले न्युक्यासल युनाइटेड माथि २-० को जित निकाल्यो। डर्टमन्डका लागि निकोलास फुलक्रुग र जुलियन ब्रान्ड्टले गोल गरेका हुन्।

जितपछि समूहमा डर्टमन्ड ४ खेलमा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। पिएसजी समान ४ खेल्न २ जित र २ हारसहित ६ अंक जोड्दै दोस्रो छ। ५ अंक रहेको मिलान तेस्रो र ४ अंक सहित न्युक्यासल अन्तिम स्थानमा छ।

May 26, 2024

पिएसजी फ्रेन्च कप च्याम्पियन

एजेन्सी – फ्रेन्च कपको उपाधि जित्दै फरवार्ड केलियन एमबाप्पेले आफ्नाे पेरिस सेन्ट जर्मेन (पिएसजी) बसाईकाे सुखद् अन्त्य गरेका छन्। पिएसजीले शनिबार लियोनमाथि २–१ को जित निकाल्दै उपाधि जित्न सफल भएको हो । पिएसजीका लागि आफ्नाे अन्तिम खेलमा भने एमबाप्पेले गाेल गर्न सकेनन् । पिएसजीका लागि अन्तिम खेल खेलिरहेका केलियन एमबाप्पेले उपाधिसहित क्लबबाट सुखद बिदाई लिएका […]

May 26, 2024

म्यानचेस्टर युनाइटेडलाई‌ एफए कप

एजेन्सी – म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ। म्यानचेस्टर सिटीलाई‌ शनिबार २-१ ले हराउँदै युनाइटेडले उपाधि जितेको हो। गत वर्ष युनाइटेडलाई‌ २-१ ले नै हराउँदै सिटीले उपाधि जितेको थियो। युनाइटेडलाई‌ शनिबार जित दिलाउन अलेहान्द्रो ग्रानाचो र कोबी माइनोले गोल गरे। सिटीका जेरेमी डोकुले एक गोल फर्काए । खेलको ३० औं मिनेटमा ग्रानाचोले युनाइटेडलाई अग्रता […]

May 25, 2024

अञ्जनलाई स्पोर्ट्स कम्पनी ३६१ को साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टलाई चाइनिज स्पोर्ट्स पोशाक ब्रान्ड कम्पनी ३६१ डिग्रीले प्रायोजन गरेको छ । नेपालको लागि स्पोर्ट्स ब्रान्ड ३६१ का आधिकारिक विक्रेताका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कार्की र अञ्जनबीच शनिबार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौता तीन बर्ष रहने बताइएको छ । कम्पनीले अञ्जनलाई तीन वर्षसम्म […]

Success

Thank you for your time.