2 years ago
November 8, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगमा समूह एचको खेलमा बार्सिलोना युक्रेनियन टोली शाख्तर डोनेत्सक सँग पराजित भएको छ । बार्सिलोना १–० को गोल अन्तरले पराजित भएको हो।

बार्सिलोनालाई दुई खेल अगावै अर्को चरण प्रवेश गर्न कम्तीमा बराबरी आवश्यक थियो ।। तर बार्सिलोनाले भने खेल बाट कुनै अंक हासिल गर्न सकेन । १०औं मिनेटमा बार्सिलोना मिडफिल्डर इलकाय गुन्डोगानको बक्स बाहिर बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन।
१५औं मिनेटमा शाख्तरका माटभियन्कोको प्रहार बार्सिलोना गोलरक्षक टर स्टेगनले बचाए। १६औं मिनेटमा राफिन्हाको प्रहारले पनि गोलको दिशा लिन सकेन। ४०औं मिनेटमा शाख्तरले खेलमा अग्रता लियो । सुडाकोभको लङ्ग–रेन्ज स्विच पछि राइट–ब्याक गोचोलिशभिलीको राम्रो क्रसमा हेडर मार्फत गोल गर्दै ड्यानीलो सिकानले खेलमा आग्रह दिलाएका थिए ।
५७औं मिनेटमा फेरान टोरेसको प्रहारले पनि शाख्तर गोलरक्षक रिजनिकलाई दुःख दिन सकेन । एक मिनेट पछि गोचोलिशभिलीको प्रहार पनि टर स्टेगनले बचाए । ६७औं मिनेटमा पेद्रीको क्रसमा लामिन यामालको हेडरले पनि पोस्टको दिशा लिन सकेन । न्यूवरटनले ८७औं मिनेटमा शाख्तरको अग्रता दोब्बर बनाएका थिए । तर गोल अफसाइड दिइएका कारण मान्य भएन ।
बार्सिलोनाले भने बराबरी गर्ने कुनै स्पष्ट मौका सृजना गर्न नसक्दा खेल सुम्पियो । यस्तै सोही समूह अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा पोर्टोले रोयल एन्टवर्प लाई २–० ले हराएको छ। हारपछि चार खेलमा ३ जित र १ हात बेहोरेको बार्सिलोना ९ अंक सहित पहिलो स्थानमा छ। ९ अंक नै रहेको पोर्टो दोस्रो रहँदा शाख्तरको ४ खेलमा ६ अंक रहेको छ । एन्तवर्प बिना कुनै अंक पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]