2 years ago
November 8, 2023
सुशिल पन्त क्षेत्री, चितवन
चितवनमा अर्को महिना जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । नारायणगढ लेडी जिसिजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा मंसिर ५ देखि ९ गते सम्म महिल फुटबल हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहने नारायणगढ लेडी जेसिजकी अध्यक्ष सुस्मिता श्रेष्ठले बताइन् । चितवन ११, अभिषेक चर्च रजहर, गैंडाकोट खेलकुद विकास समिति, बागमती गाउँपालिका मकवानपुर, रौतहट महिला फुटबल एकेडेमी, गोकर्णेश्वर नगरपालिका काठमाडौं, अल स्टार्स स्पोर्टस एकेडेमी धनगढी र बागमती युवा क्लब सर्लाहीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताइएको छ ।
विजेताले ट्रफीसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल प्रहरी शिक्षालयको मैदानमा हुने प्रतियोगिताका सन्चालनका लागि झन्डै १२ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजक जेसिजकी कानुनी सल्लाहकार एवं संयोजक हिमा श्रेष्ठले बताइन् । दर्शकका लागि सेमिफाइनलसम्म ५० तथा फाइनलका लागि एक सय रुपैयाँको टिकट शुल्क राखिएको श्रेष्ठले जानकारी दिइन् ।
खेलकुदको माध्यमबाट महिला सशक्तिकरणका टेवा पुर्याउने उद्देश्यका साथ फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक जेसिजकी अध्यक्ष श्रेष्ठ बताइन् । उनले प्रतियोगिताले सुस्त रहेको घरेलु महिला फुटबललाई चलायमान बनाउन मद्दत पुग्ने विश्वास लिइएको जनाइन् ।
२०७८ सालमा चितवनमा राष्ट्रिय महिला लिग भएयता महिला फुटबल प्रतियोगिता भएको छैन । शुन्य अवस्थामा रहेको महिला फुटबललाई गतिशिल बनाउन प्रतियोगिता आयोजना गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए । सहभागी क्लबहरुमा राष्ट्रियस्तरका खेलाडीहरु पनि रहने बताइएको छ । महिला फुटबलको उर्भर भूमि रौतहट र धनगढीको टोलीमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहेको बताइएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]