default_image

2 years ago

November 8, 2023

च्याम्पियन्स लिग – थप ८ खेल आज हुँदै

497 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत आज चार समूह (ए, बि, सि, डि) का चौथो चरणका ८ खेलहरु आज हुँदैछन् । मंगलबार ८ खेल भएका थिए ।

समूह ए अन्तर्गत बायर्न म्युनिख र गालातासारायबीच प्रतिस्पर्धा हुनेछ । सोही समूहमा म्यानचेस्टर युनाइटेड एफसी कोपनहेगनको सामना गर्न डेनमार्क यात्रामा छ । दुबै खेल १ः४५ बजे सुरु हुने छन् । यो समूहमा बायर्न ३ खेलमा ९ अंक सहित शीर्ष स्थानमा रहँदा गालातासाराय ४ अंक सहित दोस्रो छ । युनाइटेड ३ अंक सहित तेस्रो रहँदा कोपनहेगन १ अंक सहित पुछारमा छ ।

यस्तै समूह बि अन्तर्गत आर्सनलले सेभिल्लाको सामना गर्दा पिएसभी आइन्डहोभनले फ्रेन्च क्लब आरसी लेन्स सँग भिड्नेछ । यि दुई खेल पनि राति १ः४५ बजे सुरु हुने छन्। ३ खेलको समाप्तिमा आर्सनल ६ अंक सहित पहिलो स्थानमा छ । यस्तै लेन्स ५ अंक सहित दोस्रो, सेभिल्ला २ अंक सहित तेस्रो र २ अंक नै भएको आइन्डहोभन गोल अन्तरका आधारमा पुछारमा छ ।

समूह सि मा भने नापोली र युनियन बर्लिन ११ः३० बजे भिड्दै छन् । सोही समूहमा रियल म्याड्रिड र ब्रागा राति १ः४५ बजे भिड्ने छन् । यो समूहमा रियल ३ खेलमा सत प्रतिसत नतिजा सहित पहिलो रहँदा २ खेल जितेको नापोली दोस्रो छ । ३ अंक सहित ब्रागा तेस्रो रहँदा बर्लिन बिना कुनै अंक चौथो स्थानमा छ ।

समूह डि मा पनि रियल सोसेइडाड र बेन्फिकाको खेल राति ११ः३० बजे सुरु हुनेछ । आरबी साल्जबर्ग र इन्टर मिलान भने राति १ः४५ बजे भिड्ने छन् । समान ७ अंक भएका सोसेइडाड पहिलो र इन्टर दोस्रो स्थानमा छ । ३ अंक सहित साल्जबर्ग तेस्रो र बिना कुनै अंक बेन्फिका चौथो स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.