2 years ago
November 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण आज हेटौंडामा हुँदैछ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ बर्खास्तीको एक मात्र एजेण्डा साधारण सभामा पेश हुनेछ ।

एन्फा कार्यसमितिको असोज १७ गते बसेको बैठकले विशेष साधारण सभामा एक मात्र विषय सुचीका रुपमा नेम्बाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको थियो । भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थिए ।
सदस्यहरुको मागलाई सम्बोधन गर्ने क्रममा एन्फाले विशेष साधारण सभा गर्ने निर्णय गरेको थियो । महासचिव राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिलले निर्णय गर्ने अधिकार क्षेत्रमा पर्ने भएकोले महासचिवको बर्खास्त प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निर्णय पनि बैठकले गरेको थियो ।
एन्फाका १ सय ५ मध्ये ८७ संस्थाका प्रतिनिधिसँग मताधिकार रहेको छ । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्बाङ पद मुक्त हुनेछन् । विशेष साधारण सभा रोक्न माग भएपनि उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश दिएसँगै आज सभा हुन लागेको हो ।
सहिद स्मारक बी डिभिजन टोली मध्पयुर युथ एसोसियनका सह सचिव सुनिल श्रेष्ठले एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित महासचिव किरण राई र र प्रवक्ता सरेश शाहलाई विपक्षी बनाई असोज २५ गते दायर गरेको विशेष साधारण सभा रोक्न अन्तरिम आदेश मागसहितको रिट दायर गरेका थिए । उच्च अदालतले कात्तिक १६ गते अन्तरिम आदेश जारी नहुने आदेश गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]