2 years ago
November 9, 2023
मकवानपुर (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको बर्खास्तीको प्रस्ताव अस्विकृत भएको छ । हेटौंडामा बिहीबार भएको विशेष साधारण सभामा भएको मतदान ५३ मत खसेको थियो । बर्खास्तीको विपक्षीमा ५२ मत परेको थियो भने १ मत बदर भएको थियो ।

८६ मध्ये ३४ जनाले भने मतदान प्रक्रियामा नै भाग लिएनन् । अध्यक्षविरुद्धको अविश्वासको प्रस्ताव पास हुन दुई तिहाई मत आवश्यक पर्दछ । कडा सुरक्षा व्यवस्थाबीच विशेष साधारण सभा भएको थियो । एन्फा अध्यक्ष नेम्वाङको बर्खास्ती सम्बन्धि एकमात्र एजेण्डाको नियर्णका लागि विशेष साधारण सभा डाकिएको थियो ।
बिहान ८ बजेका लागि डाकिएको सभा झण्डै चार घण्टा ढिला सुरु भएको थियो । २०७९ असार ६ गते निर्वाचित एन्फा अध्यक्ष नेम्वाङले डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो ।हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र सुरु नगरी सभालाई अगाडि बढाइएको थियो।
नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएका कारण उनले अध्यक्षता गर्न नमिल्ने र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्षता गर्न नमानेपछि सभाको उद्घाटन सत्र नै भएन । एन्फा कार्यसमितिको असोज १७ गते बसेको बैठकले विशेष साधारण सभामा एक मात्र विषय सुचीका रुपमा नेम्बाङको बर्खास्तीका सम्बन्धमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको थियो ।
भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै प्रस्ताव पेश गरेको थिए । महासचिव राईको बर्खास्तीको विषयमा अध्यक्षको प्रस्तावमा मात्र कार्यसमितिलले निर्णय गर्ने अधिकार क्षेत्रमा पर्ने भएकोले महासचिवको बर्खास्त प्रस्ताव साधारण सभामा प्रस्तुत नगर्ने निर्णय पनि बैठकले गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]