2 years ago
November 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइभरी कोस्ट तथा चेल्सीका पूर्व फुटबल खेलाडी डिडियर ड्रोग्बाले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उद्घाटन गर्ने भएका छन्।

एनएसएलको आयोजक नेपाल स्पोर्ट्स तथा इभेन्ट्स म्यानेजमेन्ट प्रा.लि. (एनएसइएम) ले बिहीबार प्रेस विज्ञप्तिमार्फत एनएसएल उद्घाटनका लागि ड्रोग्बा नेपाल आउने जानकारी दिएको छ।
डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएल मिलेर हालै जाजरकोटमा गएको भुकम्प पिडित हरुका लागि २० लाख रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने समेत एनएसइएमले जनाएको छ।
‘ऐक्यबद्धता र समर्थनको भावस्वरूप, डिडिएर ड्रोग्बा फाउन्डेसन र एनएसएलले नेपालमा हालै आएको विनाशकारी भूकम्प पीडितहरूलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने छ’, प्रेस विज्ञप्तिमा भनिएको छ।
अगाडि भनिएको छ, ‘ड्रोग्बाले यस परोपकारी प्रयासको खबर मात्र साझा गरेनन्, तर उनले एनएसएलसँगको रोमाञ्चक साझेदारीको पनि अनावरण गरे। डिडियर ड्रोग्बा फाउन्डेसन र एनएसएलबीचको सहयोगात्मक प्रयासले खेलकुद र मानवताको शक्तिलाई खाँचोमा परेकाहरूलाई सहयोग गर्न एकजुट भएको उदाहरणको रूपमा काम गर्दछ। यस योगदानले भूकम्पपीडितलाई सहयोग पुर्याउने र नेपालमा जारी राहत कार्यमा योगदान पुर्याउने छ ।’
दोस्रो संस्करणको मिति तय भएदेखि एनएसईएमले उद्घाटन समारोहमा विश्व फुटबलका प्रख्यात फुटबलरलाई आमन्त्रण गर्ने चर्चा गर्दै आएको थियो। त्यहि सिलसिलामा ड्रोग्बाको नाम सार्वजनिक भएको हो।
ड्रोग्बा सन् २००६ र २००९ दुई पटक अफ्रिकी फुटबलर अफ द इयर घोषित भएका थिए। उनी आइभरी कोस्ट राष्ट्रिय टोलीका शीर्ष गोलकर्ता र पूर्व कप्तान समेत हुन्। उनलाई इंग्लिस प्रेमियर लिगमा क्लब चेल्सीमा पुर्याएको योगदानका लागि स्मरण गरिन्छ । उनी उनी चेल्सीका चौथो सर्वाधिक गोलकर्ता हुन्।
उनले २०१८ मा अमेरिकी फुटबलको दोस्रो डिभिजन यूएसएल च्याम्पियनसिपको टोली फिओनिक्स राइजिङ एफसीबाट खेलेर आफ्नो व्यावसायिक खेल जीवनको अन्त्य गरेका थिए। ९ टोलीको सहभागितामा एनएसएलको दोस्रो संस्करण मङ्सिर ८ गते देखि काठमाडौंमा सुरु हुदैछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]