2 years ago
November 10, 2023
एजेन्सी – युरोपेली दोस्रो श्रेणीको फुटबल प्रतियोगिता युरोपा लिगको समूह चरणको खेलमा इंग्लिस टोली लिभरपुल पराजित भएको छ। समूह इ मा रहेको लिभरपुलले फ्रेन्च क्लब टुलुज सँग ३-२ को हार बेहोरेको हो ।

३६औं मिनेटमा टुलुजले एरन डोन्नमको गोलको मद्दतले अग्रता लिएको थियो । लिभरपुल डिफेन्डर कोस्टास सिमिकासको खुट्टाबाट बल खोसेर डोन्नमले गरेको प्रहार अर्का लिभरपुल डिफेन्डर कवान्साहलाई लागेर पोस्टमा गएको थियो ।
यस्तै थिज्स डालिंगाले ५७औं मिनेटमा अग्रता दोब्बर बनाए । उनले भिन्सेन्ट सिएराको पासमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
७५औं मिनेटमा लिभरपुलले जीवनदान पायो। क्रिस्टियन क्यासेरेस जुनियरले आत्मघाती गोल गरेपछि लिभरपुल खेलमा फर्किएको थियो । तर त्यसको एक मिनेट पछि नै टुलुजले आफ्नो दुई गोलको अग्रता कायम गर्यो । यसपटक भने फ्रैंक माग्रीले गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याए ।
८९औं मिनेटमा एलेक्सिस मकाल्लिस्टरको पासमा डिएगो जोटाले गोल गर्दै अर्को गोल फर्काएर खेलको अन्तिम समय रोमाञ्चक बनाए ।
खेलको अन्तिम तिर जारेल क्वानसाहले गोल गरेर खेल बराबरी गरेका थिए । तर गोल गर्ने क्रममा मकाल्लिस्टरले ह्यान्डबल गरेका कारण गोल रद्द भयो । र लिभरपुलले हार बेहोर्न बाध्य भयो ।
सोही समूहमा लास्कके युनियन सेन्ट जीलोइस माथि ३-० को जित निकालेको छ ।
चौथो चरणको खेल सकिँदा लिभरपुल ९ अंक सहित शीर्ष स्थानमा छ । टुलुज ७ अंकका साथ दोस्रो रहँदा युनियन सेन्ट जिलोइस ४ अंक सहित तेस्रो छ । चौथो स्थानमा रहेको लास्कको ३ अंक छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]