2 years ago
November 10, 2023
काठमाडौं (हाम्रो खेलकु )-डिफेन्डर अनन्त तामाङ लाई बाहिर राख्दै नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको युएई विरुद्धको खेलका लागि २३ सदस्यीय टोली घोषणा गरिएको छ।

बन्द शिविरमा घुँडामा चोट लागेको अनन्तले बिहीबार युएईमा हुने खेल गुमाउने एन्फाले जनाएको छ । तर उनको चोट गम्भिर नभएका कारण घरेलु मैदानमा यमनविरुद्ध मंसिर ५ गते हुने खेलबाट फर्केने अपेक्षा छ ।
नेपाल प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले डिफ़ेन्डर द्वय योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारलाई पहिलो पटक राष्ट्रिय टोलीमा समेटेका छन्। यस्तै मिडफिल्डर सेसेहाङ आङ्देम्बेले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। नेपाली टोली आइतबार युएई जाने तयारी गरेको छ ।
नेपाली फुटबल टोली
गोलकिपरः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, अरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर : लाकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]