2 years ago
November 12, 2023
एजेन्सी – स्पेनिस ला लिगामा रियल म्याड्रिडले भ्यालेन्सिया विरुद्ध सानदार जित निकालेको छ। रियलले शनिबार भ्यालेन्सिया माथि ५-१ को जित हासिल गरेको हो।

रियलको जितमा भिनिसिया जुनियर र रोड्रिगोले समान २ र ड्यानी कार्भाहालले १ गोल गरे। तेस्रो मिनेटमा कार्भाहालले गोल गर्दै अग्रता दिलाएका थिए। उनले टोनी क्रूसको पासमा उनले बक्स बाहिर बाट सानदार गोल गर्दै अग्रता दिलाएका थिए।
४२औं मिनेटमा रोड्रिगोको पासमा भिनिसियसले सहज गोल गर्दै अग्रता दोब्बर गरे। ४९औं मिनेटमा भिनिसियसले पुनःरोड्रिगोकै पासमा गोल गर्दै आफ्नो व्यक्तिगत दोस्रो गोल गरे।
५०औं मिनेटमा नै भ्यालेन्सिया गोलकिपरले रोड्रिगोको खुट्टामा सिधै बल दिएपछि उनले सहजै गोल गरेका थिए। ८४औं मिनेटमा फ्रान गार्सियाको पासमा गोल गर्दै रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरे। ८८औं मिनेटमा भ्यालेन्सियाका हुगो दुरोले एक गोल फर्काएका थिए।
जित पछि रियल १३ खेलमा ३२ अंक सहित दोस्रो स्थानमा यथावत छ। पहिलो स्थानमा रहेको जिरोनाको ३४ अंक छ। ला लिगामा आज बार्सिलोनाले १:४५ बजे अलाभेसको समान गर्ने छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]