2 years ago
November 13, 2023
एजेन्सी – स्पेनिस ला लिगामा आइतबार बार्सिलोना विजयी भएको छ। घरेलु मैदान सेन्ट मोन्टजुइक स्टेडियममा भएको खेलमा बार्सिलोनाले अलाभेस माथि २-१ को पुनरागमन जित निकालेको हो।

बार्सिलोनाको लागि दुबै गोल रोबर्ट लेवान्डोस्कीले गरे।
बार्सिलोनाले खेलको २० सेकेन्ड भित्र नै गोल खाएको थियो। मिडफिल्डर इल्काय गुन्डोगानले मिडफिल्डमा बल गुमाएपछि अलाभेसका स्यामुएल ओमोरोडियन (सामु) ले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
नवौं मिनेटमा सामुले अग्रता दोब्बर गर्ने मौका खेर फाले। गोरासाबेलको पासमा पाएको मौकामा उनले पोस्टको दिशा दिन सकेनन्। १४औं मिनेटमा सामुले पुनः अर्को सुन्दर मौका खेर फाले।
१७औं मिनेटमा बार्सिलोनाका लेवान्डोस्कीको भली प्रहार अलाभेस गोलरक्षक सिएराले बचाए। ३१औं मिनेटमा सामुले अर्को राम्रो मौकामा बार्सिलोना गोलरक्षक टर स्टेगनलाई दुःख दिन सकेनन्। उनको वान-अन-वान मौकामा गरेको प्रहार पोस्ट माथि बाट बाहिरियो।
५३औं मिनेटमा बार्सिलोनाले बराबरी गर्यो। जुल्स कुन्डेको सुन्दर क्रसमा लेवान्डोस्कीले सुन्दर हेडरमा गोल गर्दै खेल बराबरीमा ल्याए। ७२औं मिनेटमा बार्सिलोनाका लमिन यमालको प्रहार सिएराले बचाए। ७८औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पायो।
अब्कारले बक्समा फेरान टोरसमाथि फाउल गरेपछि बार्सिलोनाले अग्रता लिने मौका पायो। लेवान्डोस्कीले पेनाल्टीमा कुनै गल्ती गरेनन् र व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई जित तर्फ उन्मुख गराए।
जित पछि १३ खेलमा ३० अंक रहेको बार्सिलोनाले तालिकाको तेस्रो स्थानमा छ। पराजित अलाभेस भने १३ अंक सहित १५औं स्थानमा छ।
१३औं चरण सम्म आइपुग्दा जिरोना १३ खेलमा ३४ अंक सहित लालिगाको शीर्ष स्थानमा छ। रियल म्याड्रिड ३२ अंक सहित दोस्रो स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]