2 years ago
November 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बाहिर व्यवसायिक फुटबल खेलिरहेका खेलाडी द्वय रोहित चन्द र मनिष डाँगी युएईमा नेपाली टोलीमस सामेल भएका छन्।

रोहित र मनिष दुबै टोलीमा सामेल हुन सिधै युएई पुगेकाे अखिल नेपाल फुटबल संघले (एन्फा) ले जनाएको छ हु। टोली दुई दिन अघि नै युएई पुगिसकेको छ। टोलीले मंगलबार अभ्यास गरेको छ ।
रोहित इन्डोनेसियामा पर्सिक केडिरीमा अनुबन्धित छन्। मनिष भने थाइल्याण्डमा दोस्रो डिभिजन टोली रायोङ एफसिमा व्यवसायिक फुटबल खेल्दै आएका छन्।
राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ को एसियाली छनोटको दोस्रो चरणको पहिलो खेलमा खेल्नका लागि अहिले युएईमा छ। नेपालले बिहीबार घरेलु टोली सँग खेलेर छनोटको दोस्रो चरणको सुरुवात गर्ने छ। यस्तै नेपालको दोस्रो खेल मंसिर ५ यमन विरुद्ध काठमाडौंमा हुने छ।

रक्षक योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी रक्षक अनन्त तामाङ भने युएईविरुद्ध टोलीमा छैनन् ।
नेपाली फुटबल टोली
गोलकिपर – किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
रक्षक -सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर – लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्ड -अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]