3 weeks ago
November 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुबई स्थित अल-मक्टूम रंगशालामा हुने खेलमा लागि सुरुवाती ११ सार्वजनिक गरेका हुन् । नियमित रक्षक अनन्त तामाङको चोटका कारण भएको अनुपस्थितिमा छिरिङ लामाले राष्ट्रिय टोलीबाट डेब्यु […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएई विरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक भएको छ ।
नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुबई स्थित अल-मक्टूम रंगशालामा हुने खेलमा लागि सुरुवाती ११ सार्वजनिक गरेका हुन् ।
नियमित रक्षक अनन्त तामाङको चोटका कारण भएको अनुपस्थितिमा छिरिङ लामाले राष्ट्रिय टोलीबाट डेब्यु गर्दै छन् । उनले गत सिजनको ए डिभजन लिगमा जावलाखेल युथ क्लब बाट खेलेका थिए । रक्षापंक्तिमा रोहित चन्दले उनको साथ दिने छन् । यस्तै रक्षापंक्तिमा सनिस श्रेष्ठ र आशिष चौधरी रहने छन् ।
मिडफिल्डमा उत्सव राई, लाकेन लिम्बु र सेसेहाङ आङदेम्बे रहने छन्। सेसेहाङले नोभेम्बर २०२२ मा काठमाडौंमा भएको पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलपछि पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन्।
यस्तै फरवार्ड लाइनमा मनिष डाँगी, जिलेस्पी जंग कार्की र अन्जन विष्ट रहने छन्। अन्जनलाई आज नेपालका लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाउने मौका रहेको छ। उनले हरी खड्का र निराजन रायमाझी सँगै १३ गोल गरेका छन्।
नेपालले पहिलो चरणमा लाओस विरुद्ध जित निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो। नेपालले दोस्रो चरणको दोस्रो खेल नोभेम्बर २१ मा यमन विरुद्ध काठमाडौंमा खेल्ने छ।
नेपालको सुरुवाती ११:
किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिस श्रेष्ठ, रोहित चन्द, छिरिङ लामा, आशिष चौधरी, लाकेन लिम्बु, उत्सव राई, सेसेहाङ आङदेम्बे, मनिष डाँगी, जिलेस्पी जंग कार्की, अन्जन विष्ट
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिग फागुन १५ गतेबाट सुरु गर्ने अखिल नेपाल फुटबल क्लब (एन्फा) र सी डिभिजन क्लबबीच सहमति भएको छ । १४ मध्ये १३ क्लबका प्रतिनिधि र एन्फा महासचिव किरण राईको नेतृत्वमा बुधबार भएको संयुक्त छलफलबाट फागुन १५ गतेबाट सी लिग गर्ने सहमति भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिएका […]
December 6, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राती भएको खेलमा पहिलो स्थानमा रहेको आर्सनलले नाटकीय जित दर्ता गरेको छ । अन्तिम समयमा गोल गर्दै आर्सनलले रोमाञ्चक खेलमा लुटन टाउनमाथि ४-३ को जित हासिल गरेको हो । आर्सनल जितमा डेक्लन राइस नायक भने । उनले इन्जुरी समयको सातौं मिनेटमा गोल गर्दै आर्सनलको जित पक्का गरे । […]
December 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत बुधबार हुने एकमात्र खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र पोखरा थन्डर्स भिड्दैछन् । दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा दुवै टोली लिगको दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछन् । चौथो स्थानमा रहेको पोखराले ३ खेलमा १ जित र २ बराबरीको नतिजासँगै ५ अंक जोडेको […]