default_image

2 weeks ago

November 16, 2023

नेपाल यूएईसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ । पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे । खेल […]

4178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे ।

खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८ औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए । उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए ।

दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो ।

१० औं मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए ।

१३ औं मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो । २६औं मिनेटमा अब्दल्लाह बेखितको थ्रु-पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए ।

२९औं मिनेटमा फाबियो लिमाको फ्री-किक प्रहार किरण चेम्जोङले पुनः बचाए । त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन ।

३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो ।

युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए ।

४४औं मिनेटमा मखबूटले अर्को गोल थपे । जाएद अल-जाबिको हेडर पासमा मखबूटले हेडर मार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे । बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए ।

दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औं मिनेटमा मखबूटको प्रहार रोहित चन्दले ब्लक गरे। ५३औं मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल-मेसमारीले सहजै बचाए ।

७९औं मिनेटमा मोहम्मद अल-ब्लूशीको प्रहार किरणले सहजै बचाए । ८१औं मिनेटमा मनिष डाँगीले बक्सको छेउ बाट प्रहार गरेको हाफ-भली अल-मेसमारीले राम्रो बचाउ गरे । ८६औं मिनेटमा काईओ कोरेयाको प्रहार किरणले पुनः बचाए ।

खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए । रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गरेका थिए भने रक्षकद्वय योगेश गुरुङ र अन्जन राईले बेन्चबाट मैदान प्रवेश गरे ।

नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।

November 30, 2023

मुख्य प्रशिक्षक ‘भाग्य परिक्षण’ गर्न खेलभर टचलाइनमै आएनन्

सुबास हुमागाईं, काठमाडौं बुटवल लुम्बिनी फुटबल क्लब नेपाल सुपर लिग २ अन्तर्गत सुरुवाती दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ । अक्सनमा स्टार खेलाडी भित्र्याउन असफल बुटवलले नेपालमै उपलब्ध रहेका विदेशी खेलाडी अनुबन्ध गर्दै औसत टोली निर्माण गरेको छ । अझ टोलीको प्रशिक्षक विजय महर्जनले दोस्रो खेलमा गरेको निर्णय सुन्दा टोलीले लिगमा नतिजाको हिसाबमा […]

November 30, 2023

ओलावालेको इन्ज्युरी समय गोलमा धनगढी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ओलावाले अफिजले इन्ज्युरी समयमा गोल गर्दा नेपाल सुपर लिग २ अन्तर्गत विहीबार धनगढी फुटबल क्लबले बुटवल लुम्बिनी फुटबल क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने पर्याप्त अवसर पाएपनि सदुपयोग गर्न सकेका थिएनन् । इन्ज्युरी समयमा ओलावालेले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकको खुट्टा […]

November 30, 2023

फिफा वरियतामा नेपाल खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – फिफाले सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयतामा नेपाल दुई स्थान तल झरेको छ । विहीबार सार्वजनिक भएको वरीयता अनुसार नेपाल १७५औं स्थानमा छ । यसअघि नेपाल १७३औं स्थानमा रहेको थियो। नेपालको १५.७७ वरीयता अंक घटेर ९४८.०५ भएको छ । विश्वकप छनोटको दोस्रो चरणका खेलमा युएई र यमन विरुद्ध पराजय भोगेका कारण […]

Success

Thank you for your time.