2 weeks ago
November 17, 2023
एजेन्सी – फिफा विश्वकप २०२६ छनोट अन्तर्गत कन्मेबोल अर्थात् दक्षिण अमेरिकी छनोटका खेलमा दुई महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् । अर्जेन्टिनाले उरुग्वे विरुद्ध हार बेहोर्दा ब्राजिल भने कोलम्बिया विरुद्ध पराजित भएको हो । अर्जेन्टिनाको घरेलु मैदान ला बम्बनेरामा भएको खेलमा पाहुना टोली उरुग्वेले २-० को जित हात पारेको हो । उरुग्वेका लागि बार्सिलोनाका […]
एजेन्सी – फिफा विश्वकप २०२६ छनोट अन्तर्गत कन्मेबोल अर्थात् दक्षिण अमेरिकी छनोटका खेलमा दुई महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।
अर्जेन्टिनाले उरुग्वे विरुद्ध हार बेहोर्दा ब्राजिल भने कोलम्बिया विरुद्ध पराजित भएको हो । अर्जेन्टिनाको घरेलु मैदान ला बम्बनेरामा भएको खेलमा पाहुना टोली उरुग्वेले २-० को जित हात पारेको हो । उरुग्वेका लागि बार्सिलोनाका डिफेन्डर रोनाल्ड आराउहो र लिभरपुलका डार्विन नुनेजले एक एक गोल गरे ।
अनुभवी प्रशिक्षक मार्सेलो बिएल्साको प्रशिक्षणमा गत महिना ब्राजिल विरुद्ध सहज जित निकालेको उरुग्वेका लागि ४१औं मिनेटमा आराउहोले अग्रता दिलाएका थिए । माटियास भिनाको क्रसमा राम्रो फिनिश गर्दै उनले अग्रता दिलाएका थिए । खेलको दोस्रो गोल भने ८७औं मिनेटमा नुनेजले गरे । निकोलस डे ला क्रुजको थ्रु-पासमा उनले गोल गर्दै जित सुनिश्चित गरे ।
जित पछि उरुग्वे तालिकाको दोस्रो स्थानमा छ । उरुग्वेको पाँच खेलमा ३ जित, १ बराबरी र १ हारसहित १० अंक पुगेको छ । पराजित अर्जेन्टिनाको भने पाँच खेलमा चार जित सहित पहिलो स्थानमा छ ।
यस्तै अर्को खेलमा कोलम्बियाले ब्राजिल विरुद्ध पुनरागमन जित निकालेको हो । ब्राजिलले खेलको चौथो मिनेटमा नै ग्याब्रिएल मार्टीनेलीको गोल बाट अग्रता लिएको थियो। तर खेलको अन्त्यतिर सम्हालिन नसक्दा ब्राजिल पराजित हुन पुग्यो ।
लिभरपुलका विंगर लुईस डीयाजले खेलको ७५औं र ७९औं मिनेटमा दुई गोल गर्दै खेलमा आफ्नो टोलीको पुनरागमन गराए ।
हार पछि ब्राजिल ५ खेलमा २ जित, १ बराबरी र २ हार सहित ७ अंक बटुल्दै पाँचौं स्थानमा छ । कोलम्बिया भने ५ खेलमा २ जित र तीन बराबरी सहित अपराजित रहँदै ९ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
December 3, 2023
दिपक बोहरा ,पाँचथर झापाको बिर्तामोड युनाइटेड कठिन जित निकाल्दै पाँचथरमा जारी प्रथम किराँत गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा आइतबार इलामको रेडहर्स क्लबलाई १-० ले बिर्तामोड सेमिफाइनलमा पुगेको हो । श्याम मुर्मुको गोलमा बिर्तामोड विजयी भएको थियो । बिर्तामोड युनाइटेडले अनुभवी खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडी सम्मिलित टोली उतारेको […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा मार्की खेलाडी एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ इलामविरुद्ध २-१ को जित हासिल गरेको छ । खेल १-१ को अवस्थामा रहेको बेलामा उनले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराए । खेल अवधिभर […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् । पहिलो हाफको अवधिभर इलामले नै खेलमा बढी बल राखेको छ र मौकाहरु सृजना गरेको छ । बुटवलका लागि भने जिलेस्पी जंग कार्कीले एक अवसर सिर्जना गर्नु बाहेक अरु स्पष्ट अवसर […]