2 years ago
November 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ चोटका कारण अन्तिम समयमा फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा यूएईको सामना गर्ने टोलीमा परेनन् ।

अनन्तको अनुपस्थितिमा नेपालको डिफेन्सले निकै कमजोर प्रदर्शन गर्यो । यतिमात्र होइन, नेपालले उनी अनुपस्थित भएपछि टोलीको रणनीति नै परिवर्तन गर्नुपरेको थियो । अनन्त र रोहितलाई ४ खेलाडी सम्मिलित डिफेन्सको मध्य लाइनमा खेलाएको नेपालले अनन्त नभएपछि ५ डिफेन्डर उतार्दै रोहितसँग छिरिङ लामा र लाकेन लिम्बूलाई डिफेन्समा खेलाएको थियो ।
दुबईस्थित अल-मकतूम रंगशालामा अनन्तको स्थानमा छिरिङ लामाले पनि पहिलो रोजाइमा रहेर डेब्यु गरे । विंगब्याकमा सनिश श्रेष्ठ र आशिष चौधरीले निरन्तरता पाए । बेन्चबाट योगेश गुरुङ र अन्जन राईले दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरे ।
त्यसअघि पहिलो हाफमा अमृत श्रेष्ठले १८ औं मिनेटमा चोट बोकेका लाकेन लिम्बुको स्थान लिएका थिए । २७ मिनेट मैदानमा रहेका अमृतको बिर्स्नालायक प्रदर्शनपछि योगेश उनको स्थानमा हाफ टाइमपछि मैदान छिरेका थिए ।
योगेशले गत सिजन ए डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेलेका थिए भने छिरिङले जावलाखेलबाट खेलेका थिए । नेपाल पुलिस क्लबका डिफेन्डर अन्जन राईले पनि डेब्युको अवसर पाए । राष्ट्रिय टोलीका लागि पहिलो मिनेट खेलेका अन्जनले ८५ औं मिनेटमा छिरिङको स्थानमा लिएका थिए ।
दोस्रो चरणको पहिलो समूह खेलमा नेपाल बलियो युएईसँग ४–० ले पराजित भएको थियो । घरेलु टोलीका लागि युएईका कीर्तिमानी गोलकर्ता अली माबखुटले दुई गोल गरे भने खलिफा अल हम्मादी र फाबियो लिमाले एक–एक गोल गरे ।
नेपालले समूह एचको दोस्रो खेलमा नोभेम्बर २४ मा काठमाडौंमा यमनसँग खेल्नेछ । दशरथ रंगशालामा खेल बेलुकी ७ बजे सुरु हुनेछ । उक्त खेलमा भने अनन्त खेल्ने सम्भावना रहेको छ । एक साता विश्राम गरेका उनले शनिबारबाट नेपाली टोलीसँग प्रशिक्षण गर्ने सम्भावना छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]