2 years ago
November 18, 2023
एजेन्सी – युरो कप २०२४ को छनोटमा अपराजित रहेको इंग्ल्यान्डले माल्टामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले माल्टामाथि २–० को सहज जित हात पारेको हो ।

वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले गोल गर्दा एक गोल उपहार पाएको थियो । शुक्रबार राति भएको खेलको आठौं मिनेटमा नै इनरिको पेपेको आत्मघाती गोलबाट इंग्ल्यान्डले अग्रता बनाएको थियो ।
कप्तान केनको क्रसब्याकलाई बचाउने क्रममा पेपेलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । त्यसपछि पनि बल पोसेसन राख्दै पाहुना टोलीलाई दवावमा राखेको इंग्याल्डले अर्काे गोलको लागि ७५औं मिनेट कुर्नुपरेको थियो ।
केनले बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै डिक्लन राइसले गोल गरेपनि भारमा अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा इंग्ल्यान्डले थप गोल गर्न सकेन ।
यस जितसँगै समूह ‘सी’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा छ । इंग्ल्यान्डले ७ मध्ये ६ मा जित र एकमा बराबरीको नतिजा निकालेको छ ।
पराजित माल्टा ८ खेलबाट अंकविहीन हुँदै पुछारमा छ । इटाली र युक्रेनको समान खेलबाटै १३ अंक छ । नर्थ म्यासेडोनिया ७ अंक जोडेर चौथो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]