2 years ago
November 18, 2023
एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली मिडफिल्डर जुड बेलिङहमले २०२३ को गोल्डेन ब्वाई अवार्ड जितेका छन् ।

बायर्न म्युनिखका जमल मुसिएला, आरबी लाइपजिगका जाभी सिमोन्स, बेन्फिकाका एन्टोनियो सिल्भा र बार्सिलोनाका अलेजान्ड्रो बाल्डेलाई पछि पार्दै बेलिङहाले यो अवार्ड जित्न सफल भएका हुन् ।
बेलिङहमले आधिकारिक रूपमा डिसेम्बर ४ मा टुरिनमा आयोजना हुने एक समारोहमा यो अवार्ड प्राप्त गर्नेछ । बेलिङहम सन् २०१४ पछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् ।
२०१४ मा हाल चेल्सीमा रहेका रहिम स्टर्लिङले लिभरपुलमा रहँदा यो अवार्ड जितेका थिए । २० वर्षीय बेलिङहमले इङ्ल्यान्ड, बोरुसिया डर्टमन्ड र रियल म्याड्रिडका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १०३ मिलियनमा रियल आएका बर्मिङहम सिटीका पुर्व खेलाडी बेलिङहमले यो सिजन रियलबाट १४ खेलमा १३ गोल गरिसकेका छन् ।
यसअघि यो अवार्ड लियोनेल मेस्सी, केलियन एमबाप्पे र एर्लिङ हालान्डले जितिसकेका छन् । गत वर्ष बार्सिलोनाका गाभीले यो अवार्ड जितेका थिए ।
‘म बर्मिङहम, बोरुसिया डर्टमुन्ड र अहिले म्याड्रिडमा मेरो यात्रामा सहभागी हुनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु। तिनीहरू बिना यो सम्भव थिएन ।’ अवार्ड जितेपछि बेलिङहमले भने, ‘अन्तमा सबैभन्दा महत्वपूर्ण मेरो परिवारलाई सम्झन चहान्छु, जसले मलाई यहाँसम्म पु¥याउन समर्थन, प्रेरणा र माया प्रदान गरिरह्यो ।’
‘अब मसँग यो प्रतिष्ठित अवार्ड छ, यसलाई म जारी राख्न चाहन्छु । म आफ्नो क्षमताको सीमालाई निरन्तरता दिन चाहन्छु र आशा छ अझै धेरै ट्रफीहरू आउनेछन् ।’ उनले थपे । म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले अक्टोबर २८ मा बार्सिलोनामाथि २–१ को एल क्लासिकोको जितमा दुई गोल गरेपछि बेलिङहमको गोल स्कोरिङ फर्मबाट आफू ‘आश्चर्य’ भएको र ‘अहिले नै फरक पार्ने खेलाडी भएको’ बताएका थिए ।
बेलिङहमले डर्टमन्डमा तीन वर्ष बिताएपनि जर्मन बुन्डेसलिगा जित्न सकेका थिएनन् । गत सिजन डर्टमुन्डले अन्तिम दिन बायर्नलाई नै बुन्डेसलिगाको उपाधि सुम्पन पुगेको थियो ।
कतार विश्वकप २०२२ को उत्कृष्ट प्रदर्शनले इङ्ल्यान्डलाई क्वार्टरफाइनलमा पुग्न मद्दत गरेको बेलादेखि नै बेलिङहम ग्यारेथ साउथगेटको टोलीको प्रमुख हिस्सा बनेको छ, जहाँ फ्रान्ससँग पराजित भएको थियो।
बायाँ काँधको चोटका कारण बेलिङहमले गत साता भ्यालेन्सियामाथि ५–१ को जितको खेलसँगै इंग्ल्यान्डबाट माल्टा र उत्तरी म्यासेडोनिया विरुद्धको युरो २०२४ को छनोट खेल गुमाइसकेका छन् ।
कोलम्बिया तथा रियल म्याड्रिडकी १८ वर्षीया लिन्डा क्यासेडोले गोल्डेन गर्ल अवार्ड हात पारिन् । म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ हालान्डले यस पटक गोल्डेन प्लेयर म्यान अवार्ड जितेका छन् । २२ वर्षीया हालान्डले सिटीका लागि ५३ खेलमा ५२ गोल गरिसकेका छन् ।
गत महिना बालोन डी’ओर जितेकी २५ वर्षीय बार्सिलोना तथा स्पेनकी मिडफिल्डर ऐताना बोनमतीले गोल्डेन प्लेयर वुमन अवार्ड प्राप्त गरिन् । आर्सनलका खेलकुद निर्देशक एडु गास्पर उत्कृष्ट युरोपेली प्रबन्धक र ब्राइटनका टोनी ब्लुम उत्कृष्ट युरोपेली अध्यक्ष घोषित भए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]