default_image

2 years ago

November 18, 2023

आवास झापा एफसीको आइकोनिक खेलाडी

919 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) टोली झापा एफसीले आवास लामिछाने आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

दोस्रो संस्करणको एनएसएलका लागि आवासलाई आइकोनिक खेलाडीका रुपमा अनुबन्ध गर्न पाउँदा टोली उत्साहित रहेको झापाले शनिबार प्रेस विज्ञप्तीमार्फत जनाएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका लागि ९ क्याप जितिसकेका आवास पनि झापामा जोडिएर उत्साहित रहेको क्लबले जनाएको छ ।

‘झापा एफसीमा आबद्ध भएर फुटबल विकासमा योगदान पुर्याउन पाउँदा म गौरवान्वित छु,’ आवासले भनेका छन्, ‘एनएसएल उत्कृष्ट मञ्च हो, र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु । पारिवारिक कारण राष्ट्रिय टोलीका लागि खेल्न नपाउँदा दुःख छुट्टै छ तर फुटबल विकासमा सधैं तत्पर छु ।’

झापा एफसीका प्रवक्ता सुजन गौतमले भने, “आवास आइकोनिक खेलाडीको रूपमा टिममा पाउँदा हामी खुसी छौं । उनको अनुभव, सीप र खेलप्रतिको प्रतिबद्धताले एनएसएलको सफलताको हाम्रो दृष्टिकोणसँग मेल खान्छ। हामीलाई उनीप्रति विश्वास छ ।”

झापा एफसीले मंसिर ११ गते स्पोर्टिङ डी इलामसँग खेल्दै एनएसएलको सुरुवात गर्नेछ । झापा यसपटक थपिएका नयाँ ३ टोलीमध्येको एक हो । पहिलो संस्करण खेलको ७ मध्ये ६ र नयाँ ३ गरि ९ टोलीको सहभागितामा एनएसएल मंसिर ८ गतेबाट त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.