2 years ago
November 19, 2023
एजेन्सी – युरो कप २०२४ छनोट समूह बि अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्सले जिब्राल्टर विरुद्ध १४-० को फराकिलो जित हात पारेको छ ।

यस खेल अघि नै युरो कपमा छनोट भइसकेको फ्रान्सले विश्व वरीयतामा १ सय ९८औं स्थानमा रहेको जिब्राल्टर विरुद्ध जित हात पारेको हो ।
तेस्रो मिनेटमा नै इथन सान्टोसले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लियो । अर्को मिनेटमा मार्कस ठुरामले गोल गर्दै अग्रता दोब्बर बनाए । तेस्रो गोल १६औं मिनेटमा डेब्यु गरिरहेका वारेन जाईर-एमेरीले गरे ।
१८औं मिनेटमा सान्टोस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि जिब्राल्टर १० खेलाडीमा सीमित भयो। त्यसपछि भने फ्रान्सले ११ गोल थप्यो ।
किलियन एम्बाप्पेले ३०औं, ७४औं र ८२औं मिनेटमा तीन गोल गर्दै ह्याट्रिक गरे । यस्तै किंग्सले कोमानले र ओलिभियर जिरुडले दुई दुई गोल गरे । जोनाथन क्लाउस,युसुफ फोफाना, एड्रियन र्याबियट र उसमान डेम्बेलेले भने समान एक एक गोल गरे ।
यस्तै सोही समूहमा आयरल्याण्ड विरुद्ध १-० को जित निकाल्दै नेदरल्याण्ड्स पनि युरो कपमा छनोट भएको छ ।
यस समूहमा फ्रान्सको ७ खेलमा २१ अंक रहँदा नेदरल्याण्ड्सको भने १५ अंक रहेको छ । तेस्रो स्थानमा रहेको ग्रीसको १२ अंक रहँदा आयरल्याण्डको ६ अंक छ । जिब्राल्टरको भने कुनै अंक छैन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]