2 years ago
November 19, 2023
ललितपुर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगको सफल टोली मध्येको एक थ्री स्टार क्लबको अध्यक्षमा ज्ञान बहादुर शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार भएको क्लबको वार्षिक साधारणसभा र अधिवेशनबाट शाक्यसहित कार्यसमितिका १६ जना निर्विरोध निर्वाचित भएका हुन् । १७ सदस्यीय कार्यसमितिमा अरुणमान जोशी क्लबको निवर्तमान अध्यक्ष रहेका छन् । शाक्यले यसअघि पनि क्लबको नेतृत्व गरिसकेका थिए ।
क्लबका ६ उपाध्यक्षमा निर्मल रत्न शाक्य, वीरेन्द्र लाल श्रेष्ठ, कृष्ण अवाले, जय कृष्ण श्रेष्ठ, रमेश अवाले र राम कृष्ण श्रेष्ठ छन् । महासचिवमा धर्मेन्द्र राज शाक्य र कोषाध्यक्षमा राम कृष्ण चित्रकार चुनिए ।
सचिवमा कुल बहादुर महर्जन र निवास गोपाल बैद्य, सहकोषाध्यक्षमा देवेन्द्र लाल श्रेष्ठ निर्वाचित भए । सदस्यहरुमा प्रेमबहादुर चित्रकार, रामेश्वर अवाले, हरि महर्जन र मुकेश नकर्मी छन् ।
आइतबार नै बसेको कार्यसमितिको प्रथम बैठकले विधान अनुसार क्लबका निवर्तमान उपाध्यक्ष अतिश कृष्ण श्रेष्ठ र निवर्तमान महासचिव सञ्जीव शिल्पकारलाई सल्लाहकार समितीको सदस्य चयन गरेको क्लबले जनाएको छ ।
त्यसअघि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साधारणसभाको उद्घाटन गरेका थिए । सो अवसरमा क्लबका पूर्व अध्यक्ष एंव एन्फाका कार्यवाहक अध्यक्ष समेत रहनु भएका स्व. ललित कृष्ण श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

क्लबका अध्यक्ष अरुणमान जोशीले आफ्नो कार्यकालमा राष्ट्रिय लिगको उपाधि र एएफसी कपको दोस्रो चरणको यात्रा तय गर्दा र आफ्नो कार्यकालमा सहयोग पुर्याउनु भएका क्लबका कार्यसमिती, खेलाडी, पदाधिकारी, प्रायोजक, सहप्रायोजक, समर्थक लगायतलाई धन्यवाद दिए ।
मेयर महर्जनले ललितपुरका क्लबहरुलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले थ्री स्टारले भवन निर्माण गरेमा महानगरले आर्थिक सहयोग गर्ने वचन दिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले समृद्ध इतिहास बोकेको र फुटबल विकासमा अतुलनीय योगदान पुर्याउदै आएको थ्री स्टार क्लबको नयाँ बन्ने कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै सधैं हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले थ्री स्टारले नेपाली फुटबलमा पुर्याएको टेवाको प्रशंसा गर्दै क्लबले नेपाली फुटबलमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र ओलम्पियन दीपक विष्टले थ्री स्टार क्लबको आजीवन सदस्य हुन पाउनु गर्वको विषय भएको बताए।
सो अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) का कार्यकारी निर्देशक तथा उपाध्यक्ष चतुरानन्द राजबैद्य, एनओसी महासचिव निलेन्द्र राज श्रेष्ठ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, ललितपुर उद्योग वाणीज्य संघका अध्यक्ष विश्वराज बज्राचार्य लगायतको उपस्थिति थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]