2 years ago
November 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनको सामना गर्दैछ । जाडो महिना भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल साँझ ७ बजे दशरथ रंगशालामा गर्ने निर्णय लिएको छ ।

सामान्यतया नेपालमा साँझको खेल ५ वा ५:३० बजे हुने गर्दछ । दिउँसो हुने खेलहरु २ बजे पछिको समयमा गरिंदै आएको छ । तर टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजेका लागि सारेको हो । प्रशिक्षक अनेसेले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा यसको कारण पनि खोले ।
‘हो, साँझ ७ बजे खेल राख्नको लागि मैले आग्रह गरेको थिएँ । यसो गर्दा कार्यालय जाने समर्थकले आफ्नो काम सकेर खेल हेर्न आउन सक्नुहुन्छ । नेपाली फुटबलका लागि साथ दिन दर्शकहरुलाई सहज समय होस् भन्ने सोचेर यसो गरिएको हो । म आज पनि सबैलाई आफ्नो देशको समर्थन गर्न रंगशाला आइदिनुहुन अनुरोध गर्छु,’ उनले भने ।
अनेसेले विदेशको तुलनामा नेपालमा टिकट मुल्य सस्तो भएकाले पनि रंगशाला आउन आग्रह गरे । ‘विदेशमा खेल हेर्न निकै महँगो हुन्छ । यहाँ ४०० र १ हजारमा टिकट पाइन्छ । र स्तरीय खेलाडीको खेल हेर्न पाउनुहुन्छ । म सबलाई मैदानमा आएर खेल हेरिदिनु हुन अनुरोध गर्दछु,’ अनेसेले भने ।

यमन र नेपालको खेल साँझ ७ बजे हुने घोषणा भएसँगै नेपाललाई केहि फाइदा हुने अनुमान पनि गरिएको थियो । यमन गल्फ राष्ट्र भएकाले उच्च तापमान हुने र काठमाडौंको उचाईमा खेल्न कठिन हुने आँकलन थियो । तर यमनका प्रशिक्षक मिरोस्लाभ सोकुपले त्यो अनुमान गलत हुने संकेत दिए ।
‘हामीलाई नेपाल आइपुग्दा यात्रामा केहि असहज भयो । हाम्रो उडान ढिलो हुँदा आइतबार राती मात्र टोली नेपाल आइपुग्यो । अब आज प्रशिक्षण गरेर भोली खेल्दैछों,’ उनले भने, ‘तर यो मौसम निकै राम्रो लागेको छ । हामीलाई यहाँ समस्या हुँदैन । उचाइको कुरा गर्दा पनि हामीले यहाँभन्दा माथि खेलेर आएका छौं ।’
त्यसो त नेपाल आफैंले पनि यो समयमा प्रशिक्षण गरेको छैन । नेपालले सामान्यतया दिउँसो ३ बजे नै प्रशिक्षण गर्दै आएको छ । पछिल्लो केहि दिन च्यासलमा प्रशिक्षण गरेको टोलीले सोमबार भने दशरथ रंगशालामा दिउँसो ३ बजे प्रशिक्षण गरेको थियो । यमनले भने खेलको समयसँग नजिक साँझ ६ बजे खेल हुने रंगशालामा प्रशिक्षण गर्यो ।

मंगलबारको लागि एन्फाले साँझ ७ बजे खेल राखेसँगै समर्थकहरुलाई घर फर्कन निशुल्क बसको व्यवस्था पनि गरेको छ । यसका लागि टिकटको अर्धकट्टी भने देखाउनुपर्नेछ । दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।
‘हामीले दर्शकहरुलाई घर फर्कन बसको व्यवस्था गरेका छौं । कति दर्शक उपस्थित हुनुहुन्छ त्यहि अनुसार बस संख्या निर्धारण हुन्छ । अहिलेलाई रंगशालाबाट सुन्धारातर्फ, टेकुतर्फ र थापाथलीतर्फ बस लाम लगाएर राख्ने योजना बनाएका छौँ,’ उनले भने ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]