default_image

2 years ago

November 20, 2023

किन राखियो साँझ ७ बजे खेल?

7106 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा यमनको सामना गर्दैछ । जाडो महिना भएपनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल साँझ ७ बजे दशरथ रंगशालामा गर्ने निर्णय लिएको छ ।

सामान्यतया नेपालमा साँझको खेल ५ वा ५:३० बजे हुने गर्दछ । दिउँसो हुने खेलहरु २ बजे पछिको समयमा गरिंदै आएको छ । तर टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको आग्रहमा एन्फाले खेललाई साँझ ७ बजेका लागि सारेको हो । प्रशिक्षक अनेसेले खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा यसको कारण पनि खोले ।

‘हो, साँझ ७ बजे खेल राख्नको लागि मैले आग्रह गरेको थिएँ । यसो गर्दा कार्यालय जाने समर्थकले आफ्नो काम सकेर खेल हेर्न आउन सक्नुहुन्छ । नेपाली फुटबलका लागि साथ दिन दर्शकहरुलाई सहज समय होस् भन्ने सोचेर यसो गरिएको हो । म आज पनि सबैलाई आफ्नो देशको समर्थन गर्न रंगशाला आइदिनुहुन अनुरोध गर्छु,’ उनले भने ।

अनेसेले विदेशको तुलनामा नेपालमा टिकट मुल्य सस्तो भएकाले पनि रंगशाला आउन आग्रह गरे । ‘विदेशमा खेल हेर्न निकै महँगो हुन्छ । यहाँ ४०० र १ हजारमा टिकट पाइन्छ । र स्तरीय खेलाडीको खेल हेर्न पाउनुहुन्छ । म सबलाई मैदानमा आएर खेल हेरिदिनु हुन अनुरोध गर्दछु,’ अनेसेले भने ।

यमन र नेपालको खेल साँझ ७ बजे हुने घोषणा भएसँगै नेपाललाई केहि फाइदा हुने अनुमान पनि गरिएको थियो । यमन गल्फ राष्ट्र भएकाले उच्च तापमान हुने र काठमाडौंको उचाईमा खेल्न कठिन हुने आँकलन थियो । तर यमनका प्रशिक्षक मिरोस्लाभ सोकुपले त्यो अनुमान गलत हुने संकेत दिए ।

‘हामीलाई नेपाल आइपुग्दा यात्रामा केहि असहज भयो । हाम्रो उडान ढिलो हुँदा आइतबार राती मात्र टोली नेपाल आइपुग्यो । अब आज प्रशिक्षण गरेर भोली खेल्दैछों,’ उनले भने, ‘तर यो मौसम निकै राम्रो लागेको छ । हामीलाई यहाँ समस्या हुँदैन । उचाइको कुरा गर्दा पनि हामीले यहाँभन्दा माथि खेलेर आएका छौं ।’

त्यसो त नेपाल आफैंले पनि यो समयमा प्रशिक्षण गरेको छैन । नेपालले सामान्यतया दिउँसो ३ बजे नै प्रशिक्षण गर्दै आएको छ । पछिल्लो केहि दिन च्यासलमा प्रशिक्षण गरेको टोलीले सोमबार भने दशरथ रंगशालामा दिउँसो ३ बजे प्रशिक्षण गरेको थियो । यमनले भने खेलको समयसँग नजिक साँझ ६ बजे खेल हुने रंगशालामा प्रशिक्षण गर्यो ।

मंगलबारको लागि एन्फाले साँझ ७ बजे खेल राखेसँगै समर्थकहरुलाई घर फर्कन निशुल्क बसको व्यवस्था पनि गरेको छ । यसका लागि टिकटको अर्धकट्टी भने देखाउनुपर्नेछ । दर्शकहरुको सुविधाका लागि उपत्यकाको विभिन्न ठाउँमा बसको व्यवस्था गरिएको प्रतियोगिता संयोजक दीपक खतिवडाले बताए ।

‘हामीले दर्शकहरुलाई घर फर्कन बसको व्यवस्था गरेका छौं । कति दर्शक उपस्थित हुनुहुन्छ त्यहि अनुसार बस संख्या निर्धारण हुन्छ । अहिलेलाई रंगशालाबाट सुन्धारातर्फ, टेकुतर्फ र थापाथलीतर्फ बस लाम लगाएर राख्ने योजना बनाएका छौँ,’ उनले भने ।

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.