2 years ago
November 20, 2023
दिपक बोहोरा, पाँचथर
इलाममा प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा माघ ६ देखि १३ गते सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

यस अघि नै पत्रकार सम्मेलन मार्फत फागुन–चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ । इलामको ठुलो टुँडिखेलमा हुने इलाम गोल्डकपमा नेपाली क्लब र विदेशी गरि ८ टोलीको सहभागिता रहने सोमबार सदरमुकाममा पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
प्रतियोगितामा आयोजकसहित ए डिभिजन लिग विजेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी लगायतको सहभागिता रहनेछ । अन्य टोलीको टुंगो लाग्न बाँकी छ । विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । रेडहर्स अध्यक्ष सांगे लामाले ५० लाख रुपैयाँभन्दा माथि खर्च हुने बताएका छन् । प्रतियोगिताको तयारी सुरु भइसकेको पनि उनले जानकारी दिए ।
यसअघि फागुन २४ देखि चैत ३ गते सम्म सोही टुँडिखेलमा माइभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो। तर, माइभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माइभ्याली गोल्डकपलाई केही समयका लागि स्थगित गरिएको बताइएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]